शाहरुख खानले छक्का हिर्काउँदै पञ्जाबलाई जीत दिलाए
इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जब किंग्सले कोलकाता नाइट राइजर्सलाई ५ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पञ्जाबले १९.३ ओभरमा ५ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।
अन्तिम ओभरमा पञ्जाबलाई जीतका लागि ५ रनको आवश्यकता रहेको थियो । तर, ओभरको दोस्रो बलमा वेंकटेस अय्यरले ६७ रन बनाएका केएल राहुललाई आउट गर्दै खेललाई रोमाञ्चक बनाएका थिए । तर, अर्को नै बलमा शाहरुख खानले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए ।
खानले मात्र ९ बलमा १ चौका र दुई छक्काको मद्दतले २२ रन बनाए । त्यस्तै, ओपनर मयंक अग्रवालले ४० तथा एडन मार्क्रमले १८ रनको योगदान दिए । कोलकाताका लागि वरुण चौधरीले २ विकेट लिए ।
यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १६५ रन बनाएको थियो । कोलकाताका लागि वेंकटेस अय्यरले सर्वाधिक ६७ रनको योगदान दिए । त्यस्तै राहुल त्रिपाठी र नितिश रानाले क्रमशः ३४ र ३१ रन बनाए । पञ्जाबका लागि अर्षदीप सिंहले ३ विकेट लिए ।
जीतसँगै पञ्जाब १० अङ्कसहित पाँचौँ स्थानमा उक्लिएको छ । टोली अझै पनि प्लेअफको दौडमा कायम रहेको छ । हारका बाबजुद कोलकाता चौथो स्थानमा कायम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण