एमाले विधान महाधिवेशन : तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल
नेकपा एमालेको विधान महाधिवेशनको दोश्रो दिन शनिबार समूहगत छलफल सुरु भएको छ । शुक्रबारदेखि ललितपुरको गोदावरीमा सुरु महाधिवेशनमा पेस भएका तीनवटा प्रतिवेदनमाथि समूहगत छलफल सुरु भएको हो । महाधिवेशनमा पेस भएका दस्तावेजमाथि छलफल गर्न प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरिएको छ ।
समूहगत रुपमा विभाजित जनप्रतिनिधिहरुले अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले प्रस्तुत गरेको विधान संशोधन प्रस्तावमाथि छलफल गर्नेछन् ।
१० वटा समूहलाई सहजीकरण गर्न २० जना नेताहरुलाई जिम्मेवारी दिइएको छ भने महाधिवेशनलाई व्यवस्थित रुपमा सञ्चालन गर्न ५ वटा कमिटी गठन गरिएको छ । समूहगत छलफल सकिएपछि पूर्ण बैठक बस्ने जनाइएको छ र त्यसपछि समूहको निष्कर्ष सुनाइनेछ। समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिनेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण