भारतीयलाई नेपालमा सहज प्रवेश, नेपालीलाई भारतमा 'नो इन्ट्री'
सरकारले भारतीय सीमानाका खोल्ने निर्णय गरेको एक साताभन्दा बढी भइसकेको छ तर नेपालीहरूको लागि भने अझैसम्म पनि भारतको यात्रा सहज हुन सकेको छैन । प्रदेश २ का विभिन्न नाकाबाट नेपालीलाई अझै पनि भारततर्फ जान सहज छैन । भारतीय नागरिकहरू सहजरुपमा मुख्य नाकाबाट आउन–जान पाउँछन् तर नेपाली नागरिकलाई भने चोर बाटो हुँदै भारत जान बाध्य छन् ।
नेपाल सरकारले सीमानाका खोल्ने निर्णय कार्यान्वयनमा ल्याएपछि प्रदेश २ का विभिन्न नाकाहरूबाट सयौँ भारतीय गाडी नेपाल भित्रिने गरेका छन् । तर नेपालबाट भारततर्फ जानका लागि चोर बाटो हुँदै पैदल जानु पर्ने बाधय्ता छ । नेपाल सरकारले सीमानाका खुल्ला गरेपनि भारत सरकारले अझै आफ्नो तर्फको नाका खुल्ला गरेको छैन । सवारीसाधनको प्रवेश पूर्णरुपमा बन्द गरिएको छ ।

सीमानाकासँग जोडिएका क्षेत्रहरूबाट दैनिक हजारौँ नेपाली नागरिक किनमेल गर्न भारततर्फ जाने गर्छन् । नाका खुला नभएपछि उनीहरु चाेरबाटोबाट आवातजावत गर्दै आएका छन् । धनुषाको नगराईन वडा नम्बर ५ बस्ने राकेश झाले नेपाल सरकारले भारतीय गाडीको प्रवेशमा खुल्ला गरे पनि आफूहरुलाई भने मुख्य नाकाबाट भारत जान नदिएको गुनासाे गरे । त्यस्तै महोत्तरीको जलेश्वर बस्ने गुड्डु कुमार साहले पनि 'नेपाल सरकारले मात्रै सीमानाका खोलेर नेपाली नागरिकलाई के फाइदा ?' भन्दै प्रश्न गरे ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला भने यो समस्या आफ्नो क्षमताभन्दा बाहिरको कुरा भएको बताउँछन् । उनले भने, 'नेपाल सरकारको निर्णय अनुसार हामीले भारतीय गाडी र नागरिकलाई प्रवेश गर्न दिएका छौँ । तर नेपालीलाई भारततिर जान समस्या छ भने यो दुई देशका सरकारको कुरा हो । दुवै देशका सरकारले छलफल गरेर नेपाली नागरिकका लागि भारतीय नाका खुल्ला गर्नु पर्यो ।' शुक्रवारदेखि प्रदेश २ का महोत्तरीबाहेक ७ वटै जिल्लामा सीमा खुल्ला गरिएको छ । महोत्तरीले भने आइतबारदेखि खुल्ला गर्ने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण