ब्राजिलका राष्ट्रपतिको विरोधमा विशाल जनप्रदर्शन
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् । पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । महामारीका कारण देशमा ६ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आम निर्वाचनको ठीक एक वर्षअघि यो प्रदर्शन गरिएको थियो ।
शनिबार देशका १६० भन्दा बढी गाउँ र शहरमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । तर, त्यसको नेतृत्वले उक्त मागलाई अघि बढाएका छैनन् । ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो ।
अर्को अक्टोबरमा ब्राजिलमा आम निर्वाचन हुनेछ । तर, अहिले नै बोल्सोनारोको अप्रुभल रेटिङ निकै तल खस्किएको छ । एटलास इन्सटिट्युट गरेको सर्वेक्षणमा ६१ प्रतिशत जनताले उनको सरकारको कामलाई खराब भनेका थिए । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विपद् व्यवस्थापनका लागि सबै मन्त्रालयहरुले निश्चित प्रतिशत बजेट छुट्याउँछौँ : मन्त्री श्रेष्ठ
-
बागमती प्रदेशको भाषा ऐन कार्यान्वयनमा
-
डढेलोले सिङ्गो गाउँ नै जोखिममा
-
संविधान र गणतन्त्र विरोधी शक्तिले चलखेल सुरु गर्न थाले : अध्यक्ष नेपाल
-
चुमनुब्रीमा मनास्लु हिमाल आरोहण दिवस मनाउने तयारी
-
१० बजे, १० समाचार