ब्राजिलका राष्ट्रपतिको विरोधमा विशाल जनप्रदर्शन
ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोको विरोधमा हजारौँले सडकमा उत्रिएर प्रदर्शन गरेका छन् । विपक्षी दल तथा ट्रेड युनियनहरूले उक्त प्रदर्शनको आयोजना गरेका हुन् । पछिल्लो समय बोल्सोनारो कोभिड–१९ महामारीको व्यवस्थापनलाई लिएर आलोचित छन् । महामारीका कारण देशमा ६ लाखभन्दा बढीले ज्यान गुमाइसकेका छन् । आम निर्वाचनको ठीक एक वर्षअघि यो प्रदर्शन गरिएको थियो ।

शनिबार देशका १६० भन्दा बढी गाउँ र शहरमा प्रदर्शनको आयोजना गरियो । प्रदर्शनकारीले बोल्सोनारोलाई पदबाट हटाउनुपर्ने माग गरेका थिए । च्याम्बरमा डेप्युटिजमा बोल्सोनारोमाथि महाभियोग लगाउन माग गर्दै १ सयभन्दा बढी निवेदन परेका छन् । तर, त्यसको नेतृत्वले उक्त मागलाई अघि बढाएका छैनन् । ब्राजिलको सर्वोच्च अदालतले हालै मात्र बोल्सोनारोमाथि विभिन्न छानबिन अघि बढाउन अनुमति दिएको थियो ।

अर्को अक्टोबरमा ब्राजिलमा आम निर्वाचन हुनेछ । तर, अहिले नै बोल्सोनारोको अप्रुभल रेटिङ निकै तल खस्किएको छ । एटलास इन्सटिट्युट गरेको सर्वेक्षणमा ६१ प्रतिशत जनताले उनको सरकारको कामलाई खराब भनेका थिए । उनले सन् २०१९ जनवरीमा पदभार सम्हालेका थिए ।
बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीका मुख्यमन्त्री भन्छन्—विगतजस्तै बालेन सरकारले पनि बजेटमा कर्णालीलाई उपेक्षा गर्यो
-
होल्डिङ सेन्टरमा रहेका ३६ वर्षीय दर्जीको मृत्यु, कुलमानले भने, ‘राज्यले जिम्मेवारी भुल्यो’
-
‘संगीत व्यावसायिक बन्दैछ, तैपनि कलाकारका दुःख सकिएनन्’
-
पाँचथरमा तीन सडक खण्ड ठप्प : कुन सडकको अवस्था कस्तो छ?
-
बजेटमा समेटिएका आयोजना निर्धारित समयभित्र सम्पन्न हुनुपर्छ : मन्त्री श्रेष्ठ
-
दुर्घटनामा परे हर्क साम्पाङ, स्वास्थ्य अवस्था सामान्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण