बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा आइतबार १ जना मात्र कोरोना संक्रमित

आइतबार, १७ असोज २०७८, १७ : २४
आइतबार, १७ असोज २०७८

कर्णाली प्रदेशमा आइतबार एक जनामा मात्रै कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुने ती व्यक्ति सल्यान जिल्लाका हुन् भने उनमा आरटी–पीसिआर विधिबाट कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । 
यस्तै प्रदेशभर सक्रिय संक्रमितको संख्यामा पनि निकै कमी आएको स्वास्थ्य सेवा निर्देशनालयले जानकारी दिएको छ। प्रदेशभर २९६ जना मात्र सक्रिय संक्रमित रहेका छन् भने आइतबार थप २६ जनाले कोरोनालाई जितेर डिस्चार्ज भएका छन्।
यसैबीच स्वास्थ्य निर्देशक डाक्टर रविन खड्काका अनुसार आइतबार कोरोनाबाट थप १ जनाको मृत्यु भएको छ। मृत्यु हुने व्यक्ति सल्यान जिल्लाका हुन् ।  यो सँगै कर्णालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट मृत्यु हुनेको संख्या ३८० जना पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप