सिआइबीद्वारा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ, ४४ करोड ठगीको उजुरी

पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ठगी र रकम हिनामिनाको आरोपमा तामाङलाई सोमबार पक्राउ गरेको हो ।
तत्कालीन सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेडमा निक्षेप कर्ताले राखेको रकम हिनामिना गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सिआइबीको डिआइजी धीरजप्रताप सिंहका अनुसार निक्षेप कर्ताको रकम हिनामिना र ठगीको आरोपमा तामाङलाई सोमबार सुनधाराबाट पक्राउ गरिएको हो ।
सिआइबीको अनुसार हालसम्म ४४ करोडभन्दा बढी रकम ठगी र हिनामिना भएको उजुरी प्राप्त भएपछि तामाङलाई पक्राउ गरिएको हो ।
तामाङले सिभिल सहकारीमा निक्षेपकर्ताले जम्मा गरेको ४६ करोड ठगी गरेको आरोप छ । उनलाई सम्पती शुद्धीकरण अनुसन्धान विभागले पनि अनुसन्धान गरिरहेको छ । विभागले उनिसँग पटक–पटक बयान लिएको छ । बयानका क्रममा इच्छाराज तामाङले पेश गरेको कागजात सम्पती शुद्धीकरणले विश्लेषण गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म
-
साेमबारकाे उपत्यका बन्द कार्यक्रममा राप्रपाको सहभागिता नरहने
-
अख्तियारमा सोलुखुम्बुका ७० उजुरी दर्ता
-
सिस्नुको सुपदेखि कटहरको छोइलासम्मका परिकारको प्रदर्शनी तस्बिरमा
-
नेपाली कांग्रेसका सबै तहका कार्यालय प्लास्टिकरहित क्षेत्र घोषणा
-
खानाको परिकारबाट कृषि पर्यटन प्रवर्द्धन गर्न ‘भोजनलिपि स्वाद’