हत्या गरेर भागेको १२ वर्षपछि पक्राउ
बर्दियाको गुलरियामा हत्या गरेर भागेका आरोपीलाई प्रहरीले १२ वर्षपछि पक्राउ गरेको छ । २०६६ पुस १५ मा गुलरिया नगरपालिका–२ स्थित गुजरानामा घरमा सुतिरहेका घिरउ गोडियाको हत्या भएको थियो ।
हत्या गरेर फरार भएका बारबर्दिया नगरपालिका–७ घर भएका बिहारी थारु उर्फ राम बिहारीलाई पक्राउ गरिएको बर्दियाका एसपी ईश्वर कार्कीले रातोपाटीलाई बताए । असोज १७ मा बर्दियाबाट खटिएको प्रहरीले बाँकेको नेपालगञ्ज उपमहानगरपलिका–१८ स्थित कारकाँदोबाट उनलाई पक्राउ गरेको हो ।
मदिरा पिएर घरमा गएपछि घिरउ र राम बिहारीको बिचमा काठ तस्करी गर्नेबारेमा कुरा भएको थियो । तस्करीबारे सामान्य विवाद भएको र घिरउ सुतेपछि अर्को एकजनासँग मिलेर राम बिहारीले छुराले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
हत्यापछि दाङमा गएर ससुराली घरमा केही समय बसेका राम बिहारी त्यहाँ घर बनाउने मजदुरको काम गर्न थालेका थिए । दाङमा उनी लामो समय घर बनाउने काम गरेर बसे । पछि परिवारसहित नेपालगञ्ज स्थित कारकाँदोमा मिस्त्रीको काम गरेर बस्न थालेको सुराकको आधारमा प्रहरीले उनलाई पक्रेर अनुसन्धान शुरु गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण