३३ किलो सुनकाण्ड : सबै प्रहरीले सफाइ पाउँदा २१ जनाको मुद्दा मुल्तबीमा राखियो
चार वर्ष पहिले साढे ३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका ७७ प्रतिवादी मध्ये सबै प्रहरीले सफाइ पाएका छन् । मंगलबार मोरङ जिल्ला अदालतले गरेको फैसला अनुसार ८ जनालाई जेल सजाय भएको छ भने फरारको सूचीमा रहेका २१ जनाको मुद्दा मुल्तवीमा राखिएको छ ।
सफाइ पाउने प्रहरीहरूमा पूर्वएआईजी गोविन्दप्रसाद निरौला, हाल डीआईजी रहेका तत्कालीन एसएसपी दिवेश लोहनी, एसएसपी श्यामबहादुर खत्री र एसपी विकासराज खनालसमेत छन् । त्यसैगरी सुन काण्डमा मुछिएका डीएसपी सञ्जय राउत, प्रजित केसी, सई बालकृष्ण सञ्जेल, हवल्दार अमरबहादुर थापा मगर र जवान विष्णु खड्काले पनि अदालतबाट सफाइ पाएका छन् ।
सुनकाण्डबारे मंगलबार फैसला सुनाउँदै जिल्ला अदालत मोरङले ७७ प्रतिवादीमध्ये चूडामणि उप्रेती (गोरे) सहित ८ जनालाई दोषी ठहर गरेको छ । फरार रहेका २१ जनाको मुद्दा मुल्तबीमा राखिएको छ । प्रहरीसहित ४८ जनाले सफाइ पाएका छन् ।सुन तस्करी एवं सनम शाक्यको हत्या अभियोगमा अदालतले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ । जन्मकैद हुनेमा चूडामणि उप्रेती (गोरे), टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् ।
त्यसैगरी कर्तव्य ज्यान मुद्दामा दुई जनालाई तीन महिना र ६ महिना कैद सजाय भएको अदालतका श्रेस्तेदार टिकेन्द्रवीर जंग राणाले रातोपाटीलाई बताए । युएईबाट ९ माघ २०७४ मा नेपाल आएको साढे ३३ किलो सुन त्रिभुवन विमानस्थलबाटै गायब भएको थियो । हराएको सुन खोज्ने क्रममा चूडामणि उप्रेती (गोरे) को समूहले मोरङ, उर्लाबारीमा यातना दिँदा भरिया सनम शाक्यको हत्या भएको थियो । शाक्यको हत्यापछि गोरेको समूह पक्राउ परेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
