आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

सरकारको विरोध गर्दा आक्रोशको पहिलो शिकार पोष्टका प्रहरी हुने गर्छन् : गृहमन्त्री खाण

बुधबार, २० असोज २०७८, ११ : ५१
बुधबार, २० असोज २०७८

गृहमन्त्री बालकृष्ण खाणले सरकारको निर्णय र अभिव्यक्तिको विरोध गर्दा पोष्टमा उभिएको बर्दिधारी पहिलो शिकार हुने गरेको बताएका छन् । ६६ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा शुभकामना दिँदै खाणले भने– ‘हाम्रो निर्णय र अभिव्यक्तिका कारण सरकारको विरोध गर्नुपरे पोष्टमा उभिएको बर्दिधारी प्रहरी आक्रोशको पहिलो शिकार हुने गरेको छ ।’ 

सरकार बिरुद्धको आक्रोशका कारण आक्रमणको शिकार व्यहोर्ने प्रहरीको रक्षा र उनीहरुको परिवारको जीवन यापन कसरी सहज बनाउने भनेर सरकार संवेदनशील रहेको खाणको भनाइ छ । 
‘जनताको जीवन रक्षा राज्यको पहिलो दायित्व हो’ गृहमन्त्री खाणले भने–‘त्यहि दायित्व पुरा गर्न प्रहरीले वीरगति प्राप्त गरेका छन् ।’

नयाँ चुनौतीको सामान गरेर अपराध नियन्त्रण र अनुसन्धानलाई आधुनिकीकरण गनुपर्ने उल्लेख गर्दै खाणले भने– ‘प्रहरीलाई सवल बनाउन प्रधानमन्त्रीले शेरबहादुर देउवाको सकारात्मक र अभिभावकीय भूमिकाको सराहना गर्न चाहन्छु ।’  आगामी दिनमा सरकार अझै प्रहरी मैत्री हुने दावी गर्दै खाणले भने– ‘प्रहरीको क्षमता वृद्धि गर्न सरकार कटिबद्ध हुनेछ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप