हिरासतमा आर्यनलाई भेट्न पुगिन् शाहरुख खानकी म्यानेजर पूजा
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई बिहिबार अर्थात् ७ अक्टोबरसम्म नारकोटिक्स कन्ट्रोल ब्यूरोको हिरासतमा पठाइएको छ । बुधबार अभिनतेका म्यानेजर पूजा ददलानी आर्यनलाई भेट्न एजेन्सीको हेडक्वार्टरमा पुगेको देखिएको छ । कारतर्फ जाँदै गर्दा पूजाले एजेन्सी हेडक्वार्टर बाहिर भएका मिडियालाई सम्बोधित गरिनन् । त्यसलगत्तै एनसीबीका अधिकारीलाई क्रुज शीप रेव पार्टीका हालै पक्राउ परेका कार्यक्रम आयोजकलाई घेरेर अस्पतालतर्फ लैजादै गरेको देखियो । यी आरोपीलाई मेडिकल परीक्षणका लागि लैजादैं गरिएको थियो ।
प्रशंसकले शाहरुख खानलाई समर्थन गरेः
यसैबीच मंगलबार राती नारकोटिक्स एजेन्सीले अर्का एक व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेको छ । मुम्बई प्रहरी ड्रग्स केसको मामिलामा पूरा मुम्बईमा छापा हानिरहेको छ । अर्कोतर्फ, शाहरुखका प्रशंसक उनको कठिन समयमा उनको परिवारको समर्थनमा आएका छन् । सोसल मिडियामा ह्याशट्याग ट्रेन्ड भएपछि शाहरुखका केही अन्य प्रशंसक उनको बंगला मन्नत बाहिर देखिए । मानिसहरु त्यहाँ ‘वि स्ट्यान्ड विद आर्यन खान’ लेखिएको ब्यानर लिएर उभिएका छन् । सोसल मिडियामा पनि यो असाध्यै ट्रेन्ड भइरहेको छ । मन्नत बाहिर राखिएको एउटा होर्डिङ बोर्डमा लेखिएको थियो, ‘यो संसारको हरेक कुनामा बसेका तपाईंका प्रश्रंसक तपाईंलाई बिना शर्त प्रेम गर्छन् । यो मुश्किल समयमा हामी तपाईंको साथमा छौं । आफ्नो ख्याल राख्नु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
-
जापानद्वारा ब्राजिलविरुद्ध १–० को सुरुवाती अग्रता, २९औँ मिनेटमा काइशु सानोको गोल
-
घट्दै रोपाइँको क्षेत्रफल
-
ट्रम्प लज्जास्पद रूपमा असफल : बाइडेन
-
यू–२० राष्ट्रिय रग्बी: महिलातर्फ बागमती र कोशी फाइनलमा, पुरुषतर्फको सेमिफाइनल समीकरण पूरा
-
मौलाकालिका जलविद्युत आयोजनाको भौतिक प्रगति ३० प्रतिशत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण