बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

सुर्खेतमा अवैध काईनेटिक ढुङ्गाको कारोबार : २ जना प्रहरीको नियन्त्रणमा

बिहीबार, २१ असोज २०७८, ०७ : ३६
बिहीबार, २१ असोज २०७८

सुर्खेत ।  सुर्खेतमा काईनेटिक ढुङ्गाको कारोबार हुने गरेको पाईएको छ । सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । 

उनीहरुलाई वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेत छन् ।

घरधनी बस्नेतको घरमै कारोबार गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीका अनुसार बीनाअनुमति लुकाई राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको छ । त्यी ढुङ्गाको बजार मुल्य झण्डै दुई लाख रहेको छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप