मन्त्रालय भागबण्डामा माधवको असन्तुष्टि, मन्त्री नियुक्तिमा अलमल
मन्त्रालयको भागबण्डामा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालको असन्तुष्टि देखिएको छ । मंगलबार बसेको सत्तारुढ गठबन्धनको बैठकमा एकीकृत समाजवादीले चार मन्त्रालय मात्र पाउने अवस्था बनेपछि नेपालले असन्तुष्टि जनाएका हुन् ।
काँग्रेसले ८, माओवादीले ६, एकीकृत समाजवादी र जसपाले ४–४ मन्त्रालय पाउने गरी भागबण्डा टुङ्ग्याइएको थियो । यद्यपि अध्यक्ष नेपालले बैठकमै असन्तुष्टि जनाएका थिए । गठबन्धनको बैठकपछि आफ्नो पार्टीको बैठकमा पनि नेपालले केही विषय मिलाउन बाँकी रहेको बिफ्रिङ गरेका थिए ।
मंगलबार अघि नै ६ जनालाई मन्त्री बनाउने बचन दिएका नेपाल यतिबेला सकसमा छन् । एकीकृत समाजवादी स्रोतका अनुसार नेपालले विरोध खतिवडा, मेटमणि चौधरी, रामकुमारी झाँक्री, किसान श्रेष्ठ, प्रेम आले र जीवनराम श्रेष्ठलाई मन्त्री बचन दिएका थिए ।
अब चार मन्त्रालय मात्र पाउने भएपछि दुई जना मन्त्री नबन्ने अवस्था आएको छ । अब कसलाई रोक्ने भन्नेमा नेपाललाई अप्ठ्यारो देखिएको नेताहरुको भनाइ छ । माधव नेपालले यस विषयमा गठबन्धनका शीर्ष नेतासँग छलफल गर्न खोजेको प्रधानमन्त्रीको सचिवालयले रातोपाटीलाई जानकारी दियो । मन्त्रीको नियुक्तिअघि गठबन्धनको शीर्ष नेताबीच छलफल बस्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलखामा पहिरो जाँदा एक व्यक्ति बेपत्ता
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण