आर्यन खान अब जेलमा, जमानतमाथि निर्णय अघि नै एनसीबीले पुर्यायो जेल
शाहरुख खानका छोरा आर्यन खानबारे निर्णय शुक्रबार मुम्बईका न्यायीक अधिकारीले गरिरहेका छन् । क्रुज पार्टीमा ड्रग्स मामिलाका कारण फसेका आर्यन खानको समस्या बढिरहेको देखिएको छ । अदालतमा आर्यन खानसमेत ८ आरोपीको जमानतमाथि सुनुवाई चलिरहेको छ । यसैबीच एनसीबीले आर्यनसमेत सबै आरोपीलाई आर्थर रोड जेल पुर्याएको छ ।
जेल पुग्ने बित्तिकै आर्यनमाथि के भयो ?
आर्यन खान अन्य ८ आरोपीसँगै जेल पुगिसकेका छन् । पुरुष कैदीलाई आर्थर रोड जेल र महिला कैदीलाई बायकुला जेल पठाइएको छ । जेल पुगेपछि आर्यन निकै तनावमा देखिएका थिए किनभने आर्थर रोड जेलमा थुप्रै खुंखार कैदी छन् । यदि आर्यन खानले जमानत पाएनन् भने आर्यनसमेत उनका परिवारका लागि यो तनावको कुरा हुनेछ ।
सतिश मानशिन्देको अदालतमा वकालतः
आर्यन खानका वकिल सतिश मानशिन्दे आर्यनको जमानतका लागि अदालतमा बहस गरिरहेका छन् । सतिश मानशिन्देले आर्यन खानमाथि आरोप भएको तर उनको विरुद्धमा कुनै प्रमाण नभेटिएको बताएका छन् । उनका अनुसार एनसीबीले पाँच दिन आर्यनलाई हिरासतमा राखेको तर उनीविरुद्ध केही पनि भेटेको छैन । उनले भने, ‘आर्यन एक इज्जतदार परिवारका हुन् । उनका अन्य आरोपीसँग कुनै नाता छैन । यस्तोमा उनलाई जेल सजाय हुनुहुँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण