गजेन्द्र हमाल काँग्रेसको कोटाबाट मन्त्री बनेका हुन् : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गजेन्द्र हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताएका छन् । चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै अध्यक्ष दाहालले हमाललाई काँग्रेसको कोटाबाट मन्त्री बनाइएको बताउँदै आफ्नै कोटामा ल्याइसकेपछि यता हो र त्यता हो भन्नुको कुनै तुक नरहेको बताए ।
उनले सांसद नभएको व्यक्तिलाई मन्त्री बनाउन मिल्ने व्यवस्था संविधानमै भएको उल्लेख गर्दै सांसद नभएका व्यक्तिलाई ६ महिनासम्म मन्त्री बनाउने व्यवस्था भएको स्पष्ट पारे । ‘यसभन्दा अगाडि पनि सांसद नभएका व्यक्तिलाई मन्त्री बनाइने गरेको छ’ उनले भने, ‘यो नयाँ कुरा होइन ।’
अध्यक्ष दाहालले मन्त्रिमण्डल विस्तारमा न्यायालयलाई भागबण्डा गरियो भन्नु गलत भएको समेत बताए । उनले सरकार अहिले विकास निर्माणसँग सम्बन्धित कुरालाई अगाडि बढाउन र थाती रहेका विधेयकलाई अगाडि बढाउने कुरालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताए ।
अध्यक्ष दाहालले राष्ट्रिय सहमति र परिमार्जनबिना एमसिसी पास नहुने स्पष्ट पारे । उनले भने, ‘राष्ट्रिय सहमति र परिमार्जनबिना यो पास हुन सक्दैन ।’ संसद् अवरुद्ध गर्ने नैतिक र राजनीतिक अधिकार प्रतिपक्षलाई नरहेको बताउँदै दाहालले भने, ‘पटकपटक संसद् विघटन गर्नेलाई विरोध छ भने जनतामा गए भयो ।’
सरकार कोभिडविरुद्धको खोपको व्यवस्थापन गर्नमा लागेको बताउँदै जनताको जीवनरक्षा गर्नु सरकारको पहिलो प्राथमिकता भएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण