रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु
शनिबार, २३ असोज २०७८, १७ : ०९

रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभुप्रसाद साहले बताए।
धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन दिनदेखि बेपत्ता पुरुषको शव फेला
-
१० बजे १० समाचार : रविमाथि प्रश्न उठेपछि छलफलमा रास्वपा, ‘अलविदा’ भन्दै सम्पर्कविहीन डाक्टर रिसोर्टमा भेटिए
-
मलामी गएका किशोरको डुबेर मृत्यु
-
मन्त्रिपरिषद् बैठक : प्रधानमन्त्रीको स्पेन भ्रमण स्वीकृत, डा. खगेन्द्र सुवेदी सचिवमा बढुवा
-
क्रान्तिकारी कम्युनिष्ट पार्टीका महासचिव वैद्य अस्पतालबाट डिस्चार्ज
-
फिल्म र भिडियोमा सुर्तीजन्य पदार्थकाे प्रचार रोक्नुपर्नेमा जाेड