रौतहटमा करेन्ट लागेर किशोरीको मृत्यु
शनिबार, २३ असोज २०७८, १७ : ०९
रौतहटमा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । रौतहटको फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो । घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरका सई प्रभुप्रसाद साहले बताए।
धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण