बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

यी हुन् बजारमा भित्रिएका नयाँ गीत संगीत

शनिबार, २३ असोज २०७८, १७ : ४४
शनिबार, २३ असोज २०७८

पछिल्लो समय सांगीतिक बजारमा थुप्रै नयाँ गीतसंगीत भित्रिने गरेको छ । त्यसरी भित्रिने गीतमा प्रेमकथादेखि सामाजिक विषयसम्म समेटिएको पाउन सकिन्छ । दसैँ लक्षित गरेर केही दिनयता थुप्रै नयाँ गीत सार्वजनिक भएका छन् । ती गीत यस्ता छन् ।

विवेक र शिखाले ल्याए ‘ज्यानको बाजी’


गायक विवेक आचार्यको गीत ‘ज्यानको बाजी’ सार्वजनिक भएको छ । घटस्थापनाको अवसर पारेर सार्वजनिक गरिएको गीतमा शब्द तथा संगीत कृष्णकुमार खड्काको छ । गीतको भिडियोमा गायक विवेकसँगै शिखा घिमिरे र बालकलाका रितेश पौडेल, शान्भी आचार्यको अभिनय छ । गीतको भिडियो सुरज कपालीले निर्देशन गरेका हुन् । भिडियोमा राज पोखरेलको सम्पादन छ ।

लोकपप शैलीमा तयार यो गीत दर्शक तथा श्रोताले मन पराउने आशा गायक विवेकले गरेका छन् । 

किरणको ‘आकाशको जुन हैन, धरतीकै फूल दिन्छु’
भ्वाइस अफ नेपाल विजेता किरण गजमेर र गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘आकाशको जुन हैन, धरतीकै फूल दिन्छु’ सार्वजनिक गरिएको छ । फिल्म निर्देशक दीपक श्रेष्ठको निर्देशन रहेको गीतमा पुष्प खड्का, रक्षा बुढाथोकी र बालकलाकार काब्य गिरीको अभिनय छ ।

पोखराका विभिन्न रमणीय स्थलमा छायाङ्कन भएको म्युजिक भिडियोमा निर्देशक श्रेष्ठले एउटा वियोगान्त प्रेमकथा प्रस्तुत गरेका छन् । राजाराम बुढाथोकीको निर्माण रहेको गीतमा शब्द तथा संगीत दीपक शर्माको छ । भिडियोमा सौरभ लामाको छायाँकन, अर्जुन जिसीको सम्पादन छ ।

आकाश र पूजाको ‘बिहे भा छैन’

अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री पूजा शर्मा अभिनित नयाँ गीत ‘बिहे भा छैन’ सार्वजनिक भएको छ । डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियो कोरियोग्राफर कविराज गहतराजले फिल्मी गीत शैलीको रुप दिएका छन् ।
आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् । पारस कायस्थको कन्सेप्ट रहेको भिडियोमा सुदीप बरालको छायाँकन, अर्जुन बिसीको सम्पादन छ । 

एसपी सापकोटाको शब्द रहेको गीतमा अर्जुन सुनाम र सिर्जु अधिकारी स्वर छ ।  हरि लम्सालको संगीत र सरोज श्रेष्ठको संगीत  संयोजन रहेको गीतको भिडियो कविराज गहतराजले निर्देशन गरेका हुन् ।

शिवाकोटीको ‘सलल झलल’

गायक टिका सिवाकोटी ‘आदर्श’ को दसैँ तिहार लक्षित गीति ‘सलल झलल’ बाहिर आएको छ । शान्तिश्री परियार, तिलक बस्नेत, संगीता सिवाकोटी स्वर रहेको गीतमा शब्द र संगीत तिलक बस्नेतको छ । गीतको भिडियो सुरेन्द्र बसेलले निर्देशन गरेका हुन् ।

हरिश निरौला र जुना सुन्दासको नृत्य रहेको भिडियोमा टिका सिवाकोटी, लक्ष्मी गिरी, कृष्ण सिवाकोटी, सृजना अधिकारी, तिलक बस्नेत, संगीता सिवाकोटी लगायतको अभिनय देख्न सकिन्छ । भिडियोले परदेशबाट घर फर्किएको सदस्यको खुसी देखाउन खोजेको छ ।

प्रताप र रचना ‘उकालो बाटो’
गायक प्रताप दास र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘उकालो बाटो’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दीपक शर्माको शब्द र संगीत, नरेन्द्र वियोगीको एरेञ्ज छ । अम्बिका थापाको प्रस्तुति रहेको भिडियोमा महेश खड्का र सृष्टि खड्का फिचर्ड छ । भिडियोमा उनीहरुको रोमान्टिक भाव देख्न सकिन्छ ।

मदन कश्यप घिमिरेको छायाङ्कन, तारा थापा ‘किम्भे’ को सम्पादन, कृष्ण लिम्बुको कोरियोग्राफी रहेको भिडियो गोविन्द राईले निर्देशन गरेका हुन् ।

कौशलराज र अनामिका ‘आयो दसैँ​ 


गायक कौशलराज खड्का र गायिका अनामिका चौलागाईंको स्वर रहेको ‘आयो दसैँ’ बोलको गीत सार्वजनिक भएको छ । विजया दशमी तथा दीपावलीको उत्साह, उमंग तथा वेदना गीतमा समेटिएको छ ।
शान्ति प्रियको शब्द तथा दीपक शर्माले संगीत रहेको गीतमा  राजेन्द्र बजगाईको संगीत संयोजन छ ।

केशव राजभट्टको निर्देशन रहेको गीतको भिडियोमा अभिनेता श्रीदेव भट्टराई, दीपाशा वि.सी, सन्तोष केसी तथा झरना परियारको अभिनय छ । भिडियो छायाँछवि क्रियशनले निर्माण गरेको हो ।

आशाको ‘पिरती बस्यो’
अन्जु पन्तको स्वरमा गीत ‘पिरती बस्यो’ आएको छ । शितल नेपालको शब्द रहेको गीतमा शुभबहादुर सुनामको संगीत छ । गीतको भिडियोमा अभिनेत्री आशा पौडेल चन्द कौशिक र अभिनेता यसराज गराचनको अभिनय देख्न सकिन्छ ।

नजिकिँदै गरेको दशैंको अवसर पारेर गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोको कोरियोग्राफी तथा निर्देशन केशबराज भट्टले गरेका हुन् । सौरभ लामाको छायाँकन र दिनेश शाहको सम्पादन रहेको भिडियो । आई क्याच स्टुडियोले आफ्नो च्यानलबाट सार्वजनिक गरेको छ ।

विमोचनाको ‘दुई पात पलायोकि’

गायिका बिमोचना लोम्जेलको स्वरमा रहेको नयाँ गीत ‘दुई पात पलायोकि’ सार्वजनिक गरिएको छ । श्री सिवाको शब्द तथा टिका भण्डारीको संगीत रहेको गीतमा कुमार थापाको संगीत संयोजन छ । गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी गौरव गिरीले गरेका छन् । दीपक गिरीको छायाँकन रहेको भिडियो बिष्णु खड्काले सम्पादन गरेका हुन् । भिडियोमा सुरज श्रेष्ठ र गीता ढुंगानाको अभिनय देख्न सकिन्छ ।

सरकारी अड्डा....

पदम राई र रचना रिमालको स्वर रहेको गीत ‘सरकारी अड्डा’ बाहिर आएको छ । भिडियो सहित सार्वजनिक गीतमा डिपि खनालको शब्द, दीपक शर्माको संगीत छ । गीतको भिडियो केन्द्र मोशन पिक्चर्सले निर्माण गरेको हो । जसमा निश्चल बस्नेत र स्वस्तिमा खड्का लगायतको अभिनय देख्न सकिन्छ । भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप