पत्नीकै योजनामा हत्या, हत्या गरेर भाग्दा भीरबाट लडेर आरोपीको मृत्यु
ललितपुरको बागमती गाउँपालिका–४ प्यूटार घर भएका राजकुमार भुलुनको हत्या भयो । असोज ११ मा गोदावरी नगरपालिका–७ स्थित देवीचौर सलेनी खोल्सामा २९ वर्षीय भुलुनको शव भेटिएको थियो । भुलुनको हत्या आरोपमा प्रहरीले ३ जनालाई सार्वजनिक गरेको छ । हत्यामा संलग्न एकजना आरोपीको भाग्ने क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।
हत्यामा संलग्न भएको आरोपमा प्रहरीले भुलुनकी पत्नी २८ वर्षीया रजीना भोलुन, साढु भाई ज्ञान कुमार सिन्तान, साली सुनिता सिन्तान र गोदावरी घर भएकी लक्ष्मी ब्लोनलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
हत्यापछि भाग्दा भिरबाट खसेर ज्यान गुमाएको अवस्थामा गोदावरी नगरपालिका–११ घर भएका २८ वर्षीय मनोज मगर भनिने मनोज सार्कीको शव फेला परेको छ । असोज १३ मा राजकुमारको शव फेला परेको ठाउँबाट केही पर भीरबाट ३ सय मिटर तल खसेको अवस्थामा मनोजको शव भेटिएको एसएसपी बज्राचार्यले बताइन् ।
भुलुनलाई खुकुरी हानेर भाग्दा भिरबाट लडेर मनोजको मृत्यु भएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । राजकुमारको हत्या पत्नी रजीना भोलुनको योजनामा भएको खुल्न आएको एसएसपी बज्राचार्यले बताइन् ।
रजीनाले आफ्ना बहिनी–ज्वाईं ज्ञान कुमार सिंतान, बहिनी सुनिता र मृतककी साथी ३० वर्षीया लक्ष्मी ब्लोन भनिने म्याक्सी माया भोलनको सल्लाहमा हत्या गर्न लगाएकी थिइन् । उनीहरुले मनोज सार्कीलाई हत्याको सुपारी दिएको अनुसन्धानबाट थाहा भएको छ ।
हत्याअघि मनोजलाई ५ हजार र हत्यापछि ५० हजार दिने सहमती अरोपीहरुले सहमति गरेका थिए । मनोजले खुकुरीले हानेर भुलुनको हत्या गरेको थाहा भएको छ । ‘राजकुमारले घरेलु हिंसा गरेका कारण रजीनाले हत्याको योजना बनाएको देखिएको छ’ एसएसपी बज्रचार्यले भनिन्–‘मनोज र मृतककी साथी लक्ष्मी एउटै गार्मेन्टमा काम गर्दै आएका थिए ।’
राजकुमारको हत्या भएको दुई दिनपछि हत्याका मुख्य आरोपी मनोज सार्की पनि मृत भेटिएका थिए । राजकुमारको हत्या अनुसन्धान गर्दा तालिमप्राप्त कुकुरले हत्यामा संलग्न व्यक्ति घटनास्थल वरपर नै रहेको संकेत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण