मुटु स्वस्थ राख्न हरेक दिन ३ कप कफी
मुटुलाई स्वस्थ राख्न हरेक दिन ३ कप कफी पिउन जरुरी छ । हरेक दिन ३ कप कफी पिउँदा २१ प्रतिशत स्ट्रोक र १७ प्रतिशत हृदयरोगको खतरा कम हुन्छ । हंगेरीको राजधानी बुडापेस्टस्थित सेमेल्भिस युनिभर्सिटीमा गरिएको अनुसन्धानले कफी र मुटुबीचको सम्बन्धलाई उजागर गरेको छ ।
उक्त अनुसन्धानको क्रममा कफीले कसरी मुटुलाई स्वस्थ राख्छ ? कति कप कफी पिउनु स्वास्थ्यलाई फाइदाजनक छ ? भन्ने जस्ता प्रश्नहरुको उत्तर खोज्ने प्रयास गरिएको थियो । युकेको बायोबैंकमा रेकर्ड भएका ४ लाख ६० हजार व्यक्तिहरुमाथि गरिएको अनुसन्धानमा कफी पिउने र नपिउने व्यक्तिमा कफीको प्रभाव र नपिउने व्यक्तिको अवस्थाको बारेमा खुलासा गरिएको छ । जसले जुन व्यक्तिले हरेक दिन ३ कपसम्म कफी पिउने गर्दछ उनीहरुको मृत्युको खतरा १२ प्रतिशत कम हुन्छ । भने, हृदयघात हुने सम्भावना १७ प्रतिशत कम हुन्छ । साथै, २१ प्रतिशत व्यक्तिमा स्ट्रोकको खतरा कम हुन्छ ।
कति मात्रामा कफी पिउने ?
अनुसन्धानकर्ताका अनुसार अनुसन्धानमा सहभागी व्यक्तिहरुको मुटुको एमआरआई स्क्यानमा कफीले मुटुमा पार्ने असरबारे अध्ययन गरिएको थियो । जसअनुसार कफी नै नपिउने व्यक्तिको तुलनामा कफी सीमित मात्रामा कफी पिउने व्यक्तिहरुको मुटुले सन्तुलित रुपमा काम गरिरहेको र बढ्दो उमेरले मुटुमा पार्ने असर पनि घटाएको पाइएको छ ।अनुसन्धानमा संलग्न डा. जुदित सिमोनले सीमित मात्रामा कफी पिउनु फाइदाजनक भएको बताए । उनले धेरै मात्रामा कफी पिउँदा शरीरलाई नोक्सान पुग्ने जानकारी दिए । उनले हरेक दिन ३ कफ कफी स्वास्थ्यका लागि फाइदाजनक भएको बताए ।
क्याफिनको बेफाइदा
विशेषज्ञका अनुसार एक दिनमा ३ कपभन्दा बढी कफी पिउँदा स्वास्थ्यका लागि बेफाइदाजनक मानिन्छ । कफीमा हुने क्याफिनले मस्तिष्कको स्नायु प्रणालीमा असर गर्छ । क्याफिनको सेवनले भोक कम लाग्ने, तौल घट्ने जस्ता समस्या पैदा गर्छ । क्याफिनले शारीरिक र मानसिक रुपमा उर्जावान् बनाउँछ । जसले गर्दा धेरै काम गर्ने र आराम गर्ने बानीको बिकास हुँदै जान्छ । यसले गर्दा विस्तारै उच्च रक्तचापको समस्या देखापर्छ । त्यसैले क्याफिनको सही मात्राले शरीरलाई फाइदा गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण