हिरासत कक्षको शौचालयमा झुण्डिएर थुनुवाको मृत्यु
इलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा रहेका एक थुनुवाको शव फेला परेको छ । हिरासत कक्षकै शौचालयमा सुर्खेत चौकुने गाउँपालिका–३, बेतान बस्ने वर्ष ३५ का धनबहादुर रानाको शव फेला परेको हो । आइतबार कैलालीको जानकी गाउँपालिका–१ तोरैयापुर निवासी पुलुराम थारुको भैंसी चोरी भएपछि खोजतलाश गर्दै जाँदा कैलाली लम्कीचुहा नगरपालिका वडा नम्बर ५ थापापुरस्थित झुलुङ्गे पुल नजिक उक्त चोरी गरेको भैंसीसहित धनबहादुर रानालाई फेला पारेपछि सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार भैंसी धनीले धनबहादुर उपर आवश्यक कारबाही गरी पाउँ भनी ईलाका प्रहरी कार्यालय टीकापुरमा लिखित निवेदन दिएका थिए । सोही क्रममा धनबहादुरलाई थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय टीकापुरको हिरासत कक्षमा राखिएकोमा सोमबार बिहान अन्दाजी ६ बजेको समयमा धन बहादुर राना सोही कार्यालयको हिरासत कक्षभित्र रहेको शौचालयको भेन्टिलेसनको जाली च्यातिएको झ्यालको सरियामा सेतो स्याण्डो (गन्जी) को डोरी बनाई घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा मृत फेला परेको प्रहरीको भनाइ छ । यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्तिसुँडे–शिखरपुर–अम्वास सडक 'प्रदेश प्राथमिकता प्राप्त आयोजना' मा छनोट
-
एक चीन नीतिमा नेपाल दृढ छ : परराष्ट्र मन्त्रालय
-
असार २९ देखि राहदानीमा नयाँ प्रणाली: जुनसुकै जिल्लाबाट आवेदन दिन सकिने
-
महानगर प्रहरीले ‘ह्विल लक’ गर्ने, सवारी उठाउने नियम छ ?
-
‘असारे विकास’को लहरमा लुम्बिनीको बजेट खर्च ६७.१८ प्रतिशत
-
धनुषामा माछाको भुरा वितरणमा ७२ लाख भ्रष्टाचार : तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध मुद्दा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण