किमद्वारा "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा

उत्तर कोरियाली नेता किम जोङ उनले हतियार प्रणालीको एक दुर्लभ प्रदर्शनीको समीक्षा गर्दै एक "अजेय" सैन्य शक्ति निर्माण गर्ने प्रतिज्ञा गरेका छन् । उक्त अवसरमा आफ्नो उक्त भनाइ पुष्टि गर्दै अमेरिकाले तनाव पैदा नगर्ने र उत्तर कोरिया सँग कुनै शत्रुता नभएको प्रमाणित गर्ने कुनै कदम नचालेको आरोप समेत लगाएका छन् ।
वाशिंगटन र सियोलका बीच स्पष्ट संवादको सन्दर्भ उल्लेख गर्दै भनेका छन् उक्त सेना निर्माणका लागि उनको अभियान दक्षिण कोरिया वा अरू कतैतिर लक्षित छैन । उनले स्पष्ट भनेका छन् अब कोरियाली जनता एक अर्काका विरुद्ध लड्नु हुँदैन ।
किमले सोमबार "रक्षा विकास प्रदर्शनी 'आत्मरक्षा २०२१'लाई सम्बोधन गर्दै एउटा कार्यक्रममा सत्तारुढ वर्कर्स पार्टीको ७६ औं वार्षिकोत्वका अवसरमा उक्त प्रदर्शनी आयोजना गरिएको हो । सो प्रदर्शनीमा केही नयाँ हतियार सहित अन्तरमहाद्वीपीय ब्यालिस्टिक मिसाइल लगायतका अत्याधुनिक हतियारहरू राखिएका थिए। सैन्य परेडका दौरानमा प्रदर्शन गरिएका प्रायः ती हतियारहरू उत्तर कोरियाले पहिले नै परीक्षण गरिसकेको छ।
कोरियाली केन्द्रीय समाचार एजेन्सीले जनाएअनुसार नेता किङले "अमेरिकाले बारम्बार उसका गतिविधिहरू उत्तर कोरिया विरुद्ध लक्षित नभएको जनाए पनि विश्वस्त आधार र प्रमाण भने नदेखिएको जनाएका छन् । उनले अमेरिकाले गलत निर्णय र कार्यद्वारा यस क्षेत्रमा तनावको स्थिति सृजना गरिरहेको आरोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी
-
सहरका कथा पनि मौलिक हुन्छन्– केकी अधिकारी