सरकार सञ्चालनका लागि माओवादीले छुट्टै कमिटी बनाउने
नेकपा माओवादी केन्द्रले प्रभावकारी सरकार सञ्चालनका लागि पार्टीभित्र छुट्टै कमिटी बनाउने भएको छ । जारी स्थायी कमिटी बैठकले त्यस्तो कमिटी बनाउने तयारी गरेको माओवादी केन्द्रका नेताहरूले बताएका छन् ।
उक्त कमिटीको सुझावका आधारमा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूले काम गर्नुपर्नेछ । उक्त कमिटीले मन्त्रीका कामको अनुगमन, मूल्याङ्कन गर्नुका साथै जनपक्षीय काम गर्न प्रोत्साहन गर्नेछ । गठबन्धन सरकारमा माओवादी केन्द्रका तर्फबाट ६ जना मन्त्री बनेका छन् । ‘सोमबारको बैठकमा सरकार सञ्चालनका लागि कमिटी बनाउने प्रस्ताव नआएपनि मंगलबारको बैठकमा आउने र निर्णय गर्ने सम्भावना रहेको छ’, सो पार्टीका स्थायी कमिटी सदस्य गणेश साहले भने, ‘तीनदेखि पाँच सदस्यीय बन्ने सम्भावना छ ।’
सोमबारको स्थायी कमिटी बैठकमा आगामी पुसमा तय भएको राष्ट्रिय सम्मेलन,पार्टी एकताको सुदृढीकरण र गुट उपगुटको अन्त्य गर्नुपर्ने लगायतका विषयमा छलफल भएको थियो । त्यसक्रममा कतिपय नेताहरूले गुट उपगुट अन्त्य गर्न नेतृत्वबाटै सुरु गर्नुपर्ने धारणा राखेका थिए । बोल्ने क्रममा नेताहरूबीच एकले अर्कोलाई गुटको नेतृत्व गरेको भन्दै आलोचना भएको थियो । अध्यक्ष प्रचण्डको दस्तावेजमै माओवादीमा गुट उपगुट मौलाएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने उल्लेख छ । तर पार्टीका शीर्ष नेताहरूबाटै गुट सञ्चालन भएकाले त्यसको प्रभाव कार्यकर्ता तहमा पुगेको गुनासो आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको कूटनीति कसले चलाइरहेको छ? : गैरे
-
स्ट्रेट अफ होर्मुजलाई छलेर तेल निर्यात गर्ने योजना तीव्र बनाउँदै पश्चिम एसियाका तेल उत्पादक देशहरू
-
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्डबाट सम्मानित
-
खैरो हेरोइनसहित ४ जना पक्राउ
-
बलात्कार र अपहरणको मुद्दामा १८ वर्षपछि राम चन्दुर निर्दोष ठहर
-
त्रिभुवन विश्वविद्यालय : राजनीतिक भागबन्डादेखि सेवा आयोगको अग्निपरीक्षासम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
