पूर्व अर्थसचिव भन्छन्, ‘माओवादी पार्टी कति वर्षमा सकिएला ? नाटक अलि लामै भयो’
नेपाल सरकारका पूर्व अर्थसचिव रामेश्वर खनालले माओवादी नै देश विकासको बाधक भएको बताउँदै पार्टीको बन्धनबाट देश मुक्त हुनुपर्ने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, ‘यो माओवादी पार्टी कति वर्षमा सकिएला ? कसैको अनुमान ? नाटक अलि लामै भयो त ।’

तत्कालीन माओवादी पार्टीबाटै प्रधानमन्त्री बनेका डा. बाबुराम भट्टराईको आर्थिक सल्लाहकारसमेत बनेका खनालले नेपाली काँग्रेसले माओवादीसँग हात मिलाउनु ऐतिहासिक गल्ती भएको पनि जिकिर गरेका छन् । ‘नेपालमा रोकिएको विकासका लागि माओवादी सिद्धान्तको अन्त्य आवश्यक छ,’ पछि बाबुरामकै नयाँ शक्ति पार्टीमा समेत आबद्ध भएका खनालको भनाइ छ । उनले बडा दसैँ २०७८ को शुभकामना भन्दै आगामी चुनावमा कसैलाई पनि माओवादी पार्टी मत दिने अवस्था उत्पन्न नहोस् भन्दै सो बन्धनबाट मुक्ति मिलोस् भन्ने कामना समेत गरेका छन् ।

उनले थप लेखेका छन्, 'राजा फर्कन त गाह्रो छ। चाहना राख्नु अलग कुरा हो। प्रति व्यक्ति आम्दानी एक भित्ता मात्र बढे पनि माओवादी सखाप हुन्थे। माओवादी सखाप नपारे नेपालीको जीवन सुखी हुने देख्दिन म त। डर के हो भने आफू सकिने अनुमानले विकासका सारा काम रोक्ने माओवादी षडयन्त्र हुन सक्छ !'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण