माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसिरहेको छ । सोमबारबाट सुरु भएको स्थायी कमिटी आज मंगलबार दोस्रो दिन पनि जारी रहेको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८ बजेबाट बैठक बसिरहेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
बैठकमा आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलन केन्द्रित छलफल भइरहेको बुझिएको छ । माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने यसअघि नै निर्णय गरिसकेको छ । राष्ट्रिय सम्मेलनअघि पार्टी कमिटीका तल्ला तहका अधिवेशनहरू गर्ने तयारीमा रहेको सो पार्टीले आगामी साता कार्तिक १३ गते वडा सम्मेलन गर्नेछ । त्यस्तै मङ्सिर ४ गते पालिकाहरूको सम्मेलन गर्ने प्रस्ताव गरिएको छ । माओवादी शीर्ष नेताहरूले तोकिएकै समयमा राष्ट्रिय सम्मेलन गर्ने गरी तल्ला तहका अधिवेशनहरूको तयारी गर्न मातहतका कमिटीलाई निर्देशन दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घानामा आलोचकहरूको बढ्दो गिरफ्तारी, अभिव्यक्ति स्वतन्त्रतामाथि चिन्ता
-
प्रधानमन्त्रीको बालेनको अभिव्यक्तिविरुद्ध श्रम संस्कृति पार्टीको प्रदर्शन
-
विश्वभरका साना जलाशयको क्षमता घट्दै : अध्ययन
-
एकै दिन तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता
-
भारतबाट थप ४ हजार भाइल ‘ कार्बोप्लाटिन’ औषधि आइपुग्दै
-
दिल्ली प्रदर्शनपछि कक्रोच जनता पार्टीविरुद्ध राष्ट्रविरोधी गतिविधिको आरोपमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
