पीडित किसानलाई राहत उपलब्ध गराउन सिके राउतको माग
मङ्गलबार, ०२ कात्तिक २०७८, २० : २०
१

जनमत पार्टीका अध्यक्ष सिके राउतले बाढीबाट प्रभावित किसानलाई राहत प्रदान गर्न सरकारसँग माग गरेका छन् । बाढी र डुबानबाट किसानहरू निकै मर्कामा परेको उल्लेख गर्दै अध्यक्ष राउतले क्षतिको यथार्थ विवरण संकलन गर्न लगाई क्षतिपूर्ति प्रदान गर्न माग गरेका हुन् ।
उनले मंगलबार एक विज्ञप्ति जारी गरी स्थानीय सरकार, प्रदेश सरकार तथा संघीय सरकार समक्ष पीडित किसानहरुलाई राहत प्रदान माग गरेका छन् । साथै उनले किसानहरुको हरेक दुःख र पीडामा जनमत पार्टी सदैव साथ रहने तथा किसानको माग पूरा गराउन पार्टी प्रतिबद्ध रहने दृढता व्यक्त गरेका छन् ।
किसानहरुले धानबाली भित्र्याउने समयमा देशभर परेको मुसलधारे वर्षाका कारण बालीनाली नष्ट भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
११ सदस्यीय जुडो टोली भुटान प्रस्थान
-
राजनीतिक प्रतिशोधका घटना नरोकिए सधैँ चुप लागेर बस्दैनौँ: सांसद झा
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्रीले २५ गते प्रतिनिधिसभामा जवाफ दिने
-
ट्रम्प रिसाइरहँदा हार्वार्ड विश्वविद्यालयले पाउने भएन कुनै अनुदान
-
जापानमा खोज अनुसन्धान गरिरहेका नेपाली वैज्ञानिक
-
बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो