दुवईमा दीपिकाको मस्ती
अभिनेत्री दीपिका प्रसाई यति बेला दुबईमा छिन् । दसैंको अवसर पारेर श्रीमान् दिवाकर भट्टराईसँग उनी दुबई पुगेकी हुन् । दुबईका विभिन्न स्थानमा उनले श्रीमान्सँग मस्ती गरिरहेकी छन् । दुबईका तस्बिरहरु उनले हरेक दिन दुबई डायरी भन्दै सामाजिक सञ्जालबाट सार्वजनिक गरिरहेकी छन् ।

श्रीमानका साथ स्वीमिङ पुलमा, केही तस्बिर पार्क र केही डेजर्ट सफारीका तस्बिरहरु उनले सार्वजनिक गरेकी छन् । सबै तस्बिरमा उनी निकै राम्रो देखिएकी छन् । दुबईका तस्बिरमध्ये उनी सबैभन्दा आकर्षक पार्कमा खिचिएको तस्बिरमा समेत देखिएकी छन् । सेतो फूलबुट्टे हरियो रंगको वान पिसमा उनी निकै राम्रो देखिएकी छन् ।
दीपिकाले ‘ऐश्वर्य’ बाट फिल्म अभिनयमा डेब्यु गरेकी हुन् । पहिलो फिल्मबाट राम्रो चर्चा पाउन सफल उनी ‘ऐश्वर्य’ पछि मल्टिस्टार फिल्म ‘छक्का पञ्जा–३’ मा देखिएकी थिइन् । यद्यपि उक्त फिल्मले उनको करियरलाई खासै उकास्न भने सकेन । त्यसपछि निर्देशक दिवाकर भट्टराईसँग विवाह गरेकी उनी दिवाकरकै नयाँ फिल्म ‘तिमीसँग हुने मन छ’ मा देखिँदैछिन् ।

निर्देशक भट्टराईले फिल्म ‘तिमीसँग हुने मन छ’ को छायाँकन गत जेठमा नै गर्ने तयारी गरेका थिए । कोरोनाका कारण त्यसबेला सो फिल्मको छायाँकन सुरु हुन सकेन । फिल्ममा भारतीय कलाकार रोहित सुचान्ती पनि मुख्य भूमिकामा छानिएका छन् ।
फिल्ममा रोहितको र दीपिकाको अलवा नाजिर हुसेनको पनि अभिनय रहने बताइएको छ ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्तिशाली सरकार बन्दा पनि अझै उठ्न सकेन निजी क्षेत्र
-
देखाइयो रातो मच्छिन्द्रनाथको भोटो, जात्रा सम्पन्न
-
वैदेशिक सहायता र कुटनीतिक सम्बन्धमै प्रश्न उठाइरहेको ‘चुहारको पुल’
-
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशन, धमाधम भइरहेको छ तयारी (तस्बिरहरू)
-
दयाहाङ र मिरुनाको जोडी रहने फिल्म 'रातो घेरा' निर्माण घोषणा
-
रास्वपा महाधिवेशनः चितवनमा ट्राफिक व्यवस्थापनमा कडाइ, महाधिवेशनस्थलमा सवारी निषेध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण