पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।
यस्तै आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति पुर्याएको छ । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको प्रचण्डको भनाइ छ ।
वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा ३० जनाभन्दा बढी नागरिकको मृत्यु गएको उनले बताए । यता तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका थिए । प्रचण्डले यस विपद्मा ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।
बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूमा प्रचण्डको विशेष आग्रह छ ।
‘बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण