रथबाट लडेर बालकको मृत्यु
बिहीबार, ०४ कात्तिक २०७८, १५ : ५०

सिरहामा रथबाट लडेर एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका १२ सारस्वरका मो.इस्लाम राइनका छोरा १० वर्षीय जाहिद राइनको हिजो बेलुका रथबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रथबाट लडेलगतै रथको पाङ्ग्राले किचेर घाईते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले रथ नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तेहरानकाे टिभी स्टुडियोमा आक्रमण हुँदा एक कर्मचारीको मृत्यु
-
चौपायामा खोरेतरोग सार्ने ‘सेरोटाइप ए’ भाइरस फेला
-
आयआर्जनका लागि ‘होमस्टे’मा जोडिँदै महिला
-
अमेरिकी सांसद बर्नी स्यान्डर्सको आरोपः ‘यो युद्ध नेतन्याहूले सुरु गरेका हुन्’
-
इरान र इजरायलका नागरिकलाई फोनमा नक्कली आपत्कालीन सन्देशहरू प्राप्त
-
‘वर्षायाममा मेलम्चीको पानी काठमाडौँमा नियमित वितरण हुन्छ’