रथबाट लडेर बालकको मृत्यु
बिहीबार, ०४ कात्तिक २०७८, १५ : ५०
सिरहामा रथबाट लडेर एक बालकको मृत्यु भएको छ । सिरहा नगरपालिका १२ सारस्वरका मो.इस्लाम राइनका छोरा १० वर्षीय जाहिद राइनको हिजो बेलुका रथबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
रथबाट लडेलगतै रथको पाङ्ग्राले किचेर घाईते राइनलाई तत्काल जिल्ला अस्पताल सिरहामा उपचारको लागि ल्याए पनि उनको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका सुचना अधिकारी सुवास बुढाथोकीले जानकारी दिए ।
प्रहरीले रथ नियन्त्रणमा लिएपनि चालक फरार रहेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण