न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९१ प्रतिशतको हात खाली
न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जना मध्ये २ लाख ९ हजार २५० जनाले मात्र कम्पनीको सेयर हात पारेका हुन् ।
यसको मतलब अधिकतम ९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले गत असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एमाले र रास्वपाबिच सहकारी र गिरिबन्धु काण्ड नउठाउने समझदारी छ’
-
अनलाइनमार्फत १६ लाख ठगेको आरोपमा ४ जना पक्राउ
-
गृहमन्त्री लामिछानेले संसद्मा दिएको अभिव्यक्ति टेलिभिजन प्रस्तोता जस्तो भयो : गगन थापा
-
प्रसिद्ध धार्मिक क्षेत्र ‘कैलाश–मानसरोवर’ अब हेलिकप्टरमा सरर...
-
संसद्मा गगनमाथि रविले उठाए प्रश्नहरू : गोप्य सूचना विदेशीलाई बेच्ने एजेन्टसम्मको आरोप
-
‘राज्यले व्यवसाय गर्ने होइन, उद्योगीलाई सहजीकरण गर्ने हो’