न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट, ९१ प्रतिशतको हात खाली
न्यादी हाइड्रोपावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले गत असोज १५ गतेदेखि १९ गतेसम्मका लागि सर्वसाधारणमा खुल्ला गरेको कुल २२ लाख ५० हजार कित्ता बराबरको आईपीओ शुक्रबार बाँडफाँट भएको हो । गोला प्रथा मार्फत भएको कम्पनीको आईपीओ बाँडफाँटमा जम्मा २ लाख ९ हजार २५० जनाले प्रतिव्यक्ति १० कित्ताकादरले सेयर हात पारेका । कुल २ करोड ७० लाख ८९ हजार १५० कित्ताका लागि आवेदन खुल्ला गरिएकोमा कुल २२ लाख ५५ हजार ८४ जना सर्वसाधारणले आवेदन दिएका थिए भने १३ हजार ९४६ जनाको आवेदन रद्द भएको थियो । रितपूर्वक आवेदन दिएका २२ लाख ४१ हजार १३८ जना मध्ये २ लाख ९ हजार २५० जनाले मात्र कम्पनीको सेयर हात पारेका हुन् ।
यसको मतलब अधिकतम ९१ प्रतिशत आवेदकहरुको हात खाली भएको छ । कम्पनीले गत असोज १५ गतेबाट १९ गतेसम्म कुल २ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि जारी गरेको थियो । जसमध्ये ५ प्रतिशत अर्थात् १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याएर बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ता शेयर सर्वसाधारणमा खुल्ला गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण