शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना
दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् ।
आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् । तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ ।
प्रेमकथामा निर्माण हुन लागेको फिल्मका सलोन र रुविना प्रेम जोडीको रुपमा देखिनेछन् । ‘डाँडाको वर पीपल’ मा पनि सलोन र रुविना प्रेम जोडीको रुपमा देखिएका थिए फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको वर पीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
-
त्रिवि शिक्षण अस्पतालमा बिहीबार दिउँसोको सेवा बन्द हुने
-
हिटलरको जन्मस्थल अब प्रहरी कार्यालय
-
साउदी अरबले जबरजस्ती लागु गर्यो सिप प्रमाणीकरण, डलर तिर्न म्यानपावर व्यवसायीलाई दबाब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण