बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

शोभितको नयाँ फिल्ममा पनि सलोन र रुविना

शुक्रबार, ०५ कात्तिक २०७८, ११ : ०७
शुक्रबार, ०५ कात्तिक २०७८

​दसैँमा ‘डाँडाको वर पीपल’ रिलिज गरेका निर्देशक शोभित बस्नेतले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । सलोन बस्नेत र रुविना थापाको मुख्य भूमिका रहेको ‘डाँडाको वर पीपल’ दर्शकको रुचिमा नपरेपनि उनले राम्रो ब्यवसाय गर्ने अर्काे फिल्म बनाउने घोषणा गरेका हुन् ।

आफ्नो नयाँ फिल्ममा पनि सलोन र रुविनाकै मुख्य भूमिका रहने शोभितले बताए । शोभितले नयाँ फिल्मका निर्माता पनि ‘डाँडाको वर पीपल’ का निर्माता नवराज गिरी रहेछन् । तिहारपछि छायाँकन सुरु हुने बताइएको फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ ।

प्रेमकथामा निर्माण हुन लागेको फिल्मका सलोन र रुविना प्रेम जोडीको रुपमा देखिनेछन् । ‘डाँडाको वर पीपल’ मा पनि सलोन र रुविना प्रेम जोडीको रुपमा देखिएका थिए फिल्मको कथा नवराज गिरीले लेखेका हुन् भने त्यसलाई पटकथा र संवादमा ढाल्ने काम रामकाजी घिमिरेले गरिरहेका छन् । ‘डाँडाको वर पीपल’ कै छायाँकार सुशन प्रजापतिले फिल्म खिच्नेछन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप