चीनले आक्रमण गरे हामी ताइवानलाई जोगाउँछौ : बाइडेन

अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनले आक्रमण गरेमा ताइवानको रक्षार्थ अमेरिका खडा हुने बताएका छन् । ‘हो, हामीले त्यस्तो गर्ने प्रतिवद्धता गरेका छौं,’ ताइवानका विषयमा सोधिएको प्रश्नमा बाइडेनले भने । यसलाई चीनप्रतिको अमेरिकी विदेश नीति परिवर्तन भएको भनेर बुझ्न नमिल्ने ह्वाइट हाउसका प्रवक्ताले जनाएका छन् । यता, ताइवानले पनि बाइडेनको यो अभिव्यक्तिले चीनप्रतिको आफ्नो पोजिसन परिवर्तन नहुने प्रतिक्रिया दिएको छ ।
लामो समयदेखि ताइवानको रक्षा गर्ने विषयमा अमेरिकी नीति अस्पष्ट छ । यदि, चीनले ताइवानमाथि आक्रमण गरेमा अमेरिकाले कस्तो जवाफ फर्काउँछ भन्ने विषय अस्पष्ट छ । चीनले ताइवानलाई आफूबाट अलग्गिएको एक प्रान्तका रुपमा बुझ्छ, आवश्यक परेको दिन बल प्रयोग गरेर यसलाई आफ्नो मातहत ल्याउन सकिने चिनियाँ बुझाई छ । यता, ताइवानले आफुलाई सार्वभौमसत्ता सम्पन्न राष्ट्र ठान्छ ।
अमेरिका र ताइवानबीच आधिकारिक रुपमा कुटनीतिक सम्बन्ध छैन । तर, ताइवान रिलेसन्स एक्टअन्तर्गत उसले ताइवानलाई हतियार बेच्छ । यही ऐनमा ताइवानले आफ्नो रक्षा गर्न खोज्दा अमेरिकाले सहयोग गर्नैपर्ने उल्लेख छ ।
ताइवानका राष्ट्रपतिका प्रवक्ता जाभियर चेंगले आफ्नो रक्षाका लागि ताइवान प्रतिवद्ध रहेको बताएका छन् । त्यस्तै, बाइडेन प्रशासनले ताइवानको समर्थनमा निरन्तर रुपमा कडा अडान लिइरहेको विषय आफ्नो जानकारीमा आएको उनले बताएका छन् ।
बाइडेनले चीनसँगको अन्तर्राष्ट्रिय द्वन्द्वबारे आफु चिन्तित नरहेको बताएका थिए । उनले भनेका थिए, ‘चीन, रुस र बाँकी विश्वलाई थाहा छ कि हामी विश्व इतिहासकै सबैभन्दा शक्तिशाली सेना हौं ।’ पछिल्लो समय चीन र ताइवान बीचको तनाव बढ्दो छ । बेइजिङले केही अघिमात्रै ताइवानको एयर डिफेनस क्षेत्रमा दर्जनौं लडाकु विमानहरु पठाएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु