धुलिखेल जिपलाइनमा प्रचण्ड सरर....(फोटोसहित)
पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) जिपलाइन खेल्न धुलिखेल पुगेका छन् । शुक्रबार पारिवारिक भ्रमणका रहेका प्रचण्डले जिपलाइन खेलेर मज्जा लिएका धुलिखेल जिपलाइन सञ्चालक वर्ल्ड वाइड एडभेन्चर प्रालिले जनाएको छ ।
नाति, नातिनीसहित धुलिखेल पुगेका प्रचण्डले आफैंले क्लासिक जिपलाइनको अनुभव लिएका छन् । साहसिक गतिविधिमा आफुलाई रुचि लाग्ने बताउँदै प्रचण्डले आफुले जिपलाइनको निक्कै मज्जा लिएको बताए । पारिवारिक घुमघाममा यस्ता गतिविधि गर्दा अझै रमाइलो भएको प्रचण्डको भनाई छ ।
काठमाडौंबाट करिब ३५ किलोमीटर दूरीमा रहेको धुलिखेल जिपलाइन २०७५ फागुनदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको हो । धुलिखेलस्थित थाक्लेडाँडाबाट टेक अफ भई खावा, पाँचखालमा जिप लाइनको ल्याण्डिङ स्टेसन रहेको छ भने जिपलाइनको कुल दुरी एक हजार एक सय अर्थात् १.१ किलोमिटर रहेको छ ।

उक्त दुरीमा क्लासिक, सुपरम्यान र टेन्डम (जोडी) गरि ३ प्रकारका जिपलाइनको सुविधा रहेको छ । यसका साथै कम्पनीले ८ फरक एडभेन्चर कोर्ससहित एडभेन्चर पार्क समेत सञ्चालनमा ल्याएको छ । जिपलाइन सञ्चालित स्थानबाटै प्रसिद्ध हिमश्रृङ्खला लाङटाङ, दोर्जेलाक्पा, फूर्बीच्याचू लगायतका हिमाल समेत अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।







खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार लेनमा विस्तार भएपछि यस्तो देखियो पोखराको हरिचोक–याम्दी सडक (तस्बिरहरू)
-
काठमाडौँ उपत्यकासहित २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
-
जनयुद्धकालमा म्याग्दी कारागारबाट फरार पुर्जा २२ वर्षपछि पक्राउ
-
ट्रम्पको हस्तक्षेपमा रातो कार्ड निलम्बन : फिफामा उजुरी दिने नर्वेको तयारी
-
स्वास्थ्यका महत्त्वपूर्ण निकायमा नेतृत्व सङ्कटः मन्त्रालय मौन, अड्डाहरू निमित्तकै भरमा
-
कन्टेक-सिङ्घा जेभीलाई सडक विभागको १५ दिने स्पष्टीकरण, कालोसूचीमा राख्ने चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण