सातामा ४०० ले बढ्यो सुनको मूल्य
शनिबार, ०६ कात्तिक २०७८, १३ : ३०
यो साता नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताभरमा सुनको मूल्य ४०० ले उकालो लागेको बताएको हो । यो साताको पहिलो कारोबार दिन कात्तिक १ गते छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ थियो । जुन शुक्रबारसम्म आइपुग्दा ४०० ले बढेर ९१ हजार ७०० रुपैयाँमा आइपुगेको हो ।
यस्तै, कात्तिक १ गते तेजाबी सुनको मूल्य तोलामा ९१ हजार २०० रुपैयाँ थियो । यसबीचमा पहिलो कारोबार दिनदेखि साताको अन्तिम कारोबार दिनसम्म ४०० ले बढेको महासंघले जानकारी दिएको छ । यसका साथै साताभरमा चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले घटेको छ ।
कात्तिक १ गते तोलमा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी साताको अन्तिम दिन शुक्रबार प्रतितोला १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण