तस्बिरमा समुद्र भित्रको सुन्दर संसार
हरेक वर्ष ‘ओशन फोटोग्राफर अफ द ईयर’ को आयोजना हुने गर्छ । यसको आयोजना ओशनोग्राफिक पत्रिकाले गर्दै आएको छ । यस प्रतियोगितामा समुद्रको गहिराईमा रहने जीवनको सुन्दरतालाई देखाउने र उक्त गहिराईमा हुने खतराको बयान गर्ने तस्बिरलाई अवार्ड दिने गरिन्छ ।

सन् २०२१ को ‘ओशन फोटोग्राफर अफ द ईयर’ पुरस्कार आइमी जोनको फोटोग्राफीलाई दिइयो । उनले समुद्रभित्र रहने हरियो कछुवा (ग्रीन सी टर्टल) को ग्लास माछाले घेरिएको तस्बिर क्यामेरामा कैद गरेका थिए । यो तस्बिर उनले पश्चिमी अष्ट्रेलियाको निंगालु कोरल रिफ नजिकै लिएका थिए ।

यसैगरी, यस प्रतियोगिता अन्तर्गत दोस्रो स्थानमा हेनली स्पियर्सको तस्बिर पर्न सफल भएको छ । उनले स्कटल्याण्डको शेटल्याण्ड द्विप नजिकै माछा समात्न समुन्द्रभित्र पसेका समुद्री पन्छीहरुको तस्बिर कैद गरेका थिए ।

यस्तै, तेस्रो स्थानको अवार्ड म्याटी स्मिथको तस्बिरलाई प्राप्त भएको छ । उनले नयाँ होक्सबिल कछुवाको तस्बिर खिचेका थिए । तस्बिरमा भर्खरै अण्डाबाट निस्किएको कछुवाको बच्चा समुद्रको गहिराईमा जाने प्रयास गरिरहेको छ ।

यसका साथै, सन् २०२१ अन्तर्गत महिलाका लागि ‘फिमेल फिप्टी फ्याथम अवार्ड’ समावेश गरिएको थियो । यो नयाँ क्याटेगोरी हो । यो अवार्ड महिलालाई प्रोत्साहन र प्रशंसा गर्नका लागि दिइएको हो । यसअन्तर्गत लस एजेल्समा बस्ने र्याने क्यापोजोलालाई दिइएको छ । उनी फोटोग्राफरसँगै शिक्षिका पनि हुन् । उनले ब्ल्याकटीप रिफ शार्कको तस्बिर खिचेकी छन् । उक्त तस्बिरमा शार्क साँझपख सूर्यास्तमा समुन्द्रभित्र आराम गरिरहेको छ । यो तस्बिर उनले फ्रान्स नजिकै द्विपमा खिचेकी थिइन् ।
तस्बिर : बीबीसी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सांसद पार्टीको अधिवेशनमा गएपछि राज्यव्यवस्था समिति बैठक स्थगित
-
उद्घाटन गरेको १० दिनमै भासियो पुल
-
फ्रेन्च ओपनको फाइनलमा पोल्यान्डकी माजा च्वालिन्स्का
-
एआईले बनाएको ‘विश्वकै पहिलो’ खोपको सफल परीक्षण
-
बिदा सकिएर पनि कार्यक्षेत्रमा नफर्कने कर्मचारीलाई ३ दिनभित्र हाजिर नभए कारबाही गर्ने चेतावनी
-
हिमालय एअरलाइन्सद्वारा शेन्जेन–काठमाडौँ सिधा उडान सुरु, एकै दिन आए १७५ चिनियाँ पर्यटक (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण