सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि
आइतबार, ०७ कात्तिक २०७८, ११ : ४१
नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक रुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ६०० हुनेछ, जसको मूल्य शुक्रबार प्रतितोला रु ९१ हजार २०० तोकिएको थियो ।
महासङ्घका अनुसार आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले बढेर एक हजार २६० पुगेको छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार २५० मा कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरमा बाटो चौडा बनाउने क्रममा पोलले लागेर एक जनाको मृत्यु, ठैब क्षेत्र तनाग्रस्त
-
पर्वतमा जेठदेखि नै धान र कोदो रोपाइँ
-
कर्णाली प्रदेश : नीति तथा कार्यक्रम स्वीकृत
-
लागु औषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
-
जेठ १५ र १९ गते बसेकाे मन्त्रिपरिषद् बैठकका १४ निर्णय सार्वजनिक (सूचीसहित)
-
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन