सुदूरपश्चिमका पहाडी जिल्लामा उडान सुरु
नेपाल वायुसेवा निगमले आजदेखि सुदूरपश्चिमका पहाडी जिल्लामा हवाइ सेवा सुरु गरेको छ । वर्षाका कारण सुदूरपश्चिमका पहाडी जिल्लामा सडक अवरुद्ध भएकाले यात्रुको सुविधालाई मध्यनजर गर्दै हवाइ सेवा सुरु गरिएकोे हो । धनगढीलाई आधार बनाएर पहाडी जिल्ला बझाङ र डोटीमा हवाइसेवा सञ्चालन गर्न आजदेखि परीक्षण उडान गरिएको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताए ।
पहाडी जिल्लामा हवाइसेवा सुरु भएपछि यहाँका बासिन्दालाई राहत मिलेको छ । हवाइ भाडा सस्तो भएकाले नियमित उडान गर्नुपर्ने यहाँका बासिन्दाको माग छ । धनगढीदेखि डोटी दुई हजार ६१५ र डोटीबाट धनगढी दुई हजार ५१५ भाडादर कायम गरिएको छ । धनगढीदेखि बझाङ तीन हजार ९९५ र बझाङदेखि धनगढी तीन हजार ८९५ हवाई भाडादर कायम गरिएको प्रमुख भट्टले जानकारी दिए ।
धनगढीबाट पहाडी जिल्लामा निगमले हवाइ उडानका लागि तालिका सार्वजनिक गरिसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदी व्यवसायलाई प्रविधिमैत्री बनाउन महासंघद्वारा वेबसाइट र मोबाइल एप सार्वजनिक
-
वैदेशिक रोजगारी : ठगीको अभियोगमा ४ जना पक्राउ
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण