भारतमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घट्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या फेरि घटेको छ । सरकारी अधिकारीहरुले पछिल्लो २४ घण्टामा १४ हजार ३०६ जना मात्रै नयाँ सङ्क्रमित भएको सोमबार जानकारी दिएका छन् । यसअघि झण्डै २० हजारको हाराहारीमा दैनिक सङ्क्रमित हुने गरेकोमा अहिले १४ हजार भएकाले घटेको देखिएको हो ।
भारतमा अहिले एक लाख ६७ हजार ६९५ जना सक्रिय सङ्क्रमित रहेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो सङ्ख्या २३९ दिन पछिकै सवैभन्दा कम रहेको पनि अधिकारीहरुले जनाएका छन् ।
भारतमा अहिले सक्रिय अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको ०.४९ प्रतिशत मात्रै हो । त्यसैगरी सङ्क्रमणमुक्त भएकाहरुको मात्र पनि महामारी फैलिए पछिकै सवैभन्दा धेरै रहेको अधिकारीहरुले जानकारी दिएका छन् ।
मन्त्रालयका अनुसार कुल सङ्क्रमित मध्ये ९८.१८ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । –एएनआई
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण