शेयर बजारमा आयो उछाल, एकैदिन ८७ अंकको वृद्धि
सोमबार, ०८ कात्तिक २०७८, १५ : ४०
लामो समयदेखि घट्दो क्रममा रहेको शेयर बजार परिसूचक नेप्सेमा सोमबार एकाएक उछाल आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार आज नेप्से परिसूचक अधिकतम ८७.६३ अंकले बढेर २६७२.२५ विन्दुमा उक्लिएको हो ।
जब कि गत आइतबार नेप्से परिसूचक २७ अंकले मात्र बढेको थियो । यस्तै आज ठूला ‘क’ वर्गका कम्पनीहरुको नेप्से पाक सेन्सेटिभ इन्डेक्स समेत १३.६१ अंकले बढेर ५०४.५७ विन्दुमा पुगेको नेप्सेले जनाएको छ ।
यस दिन सबैजसो उपसूचकहरु धनात्मक भएर बजार नै हरियाली भएको छ । यद्यपि, ८७ अंक माथिले बढेको बजारमा कारोबार रकम भने खासै राम्रो हुन सकेको छैन । नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ८३ लाख ९५ हजार कित्ता बराबरको शेयर ५३ हजारभन्दा बढी पटक बजारमा किनबेच हुँदा ४ अर्ब ३० करोड ८८ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्व एसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण