धानबालीको क्षति अध्ययन गर्न गृहसचिवको संयोजकत्वमा कार्यदल गठन
सरकारले बेमौसमी वर्षाबाट देशका विभिन्न जिल्लाका धानबालीमा पुर्याएको क्षति अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।
कार्यदललाई तीन दिनभित्र प्रतिवेदन बुझाउन समय दिएको सरकारका प्रवक्ता सञ्चार तथा सुचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । कार्यदलका सदस्यहरूमा कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, वाणिज्य सचिव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव रहेका छन् ।
त्यस्तै मन्त्रिपरिषद बैठकले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष सुशील घिमिरेको राजीनामा स्वीकृत गर्दै युवराज अधिकारीलाई सो पदमा नियुक्त गरेको छ बैठकले नेपाल पुनर्बीमा कम्पनीको लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा डा.रविन्द्र घिमिरे र सदस्यमा मदन पोखरेललाई नियुक्त गरेको छ ।
बैठकले कोभिड १९ बाट प्रभावित अति विपन्न परिवारलाई नगद दिन कार्यविधि स्वीकृत गर्नुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासनको दररेट १५ प्रतिशतले बृद्धि गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण