मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १ करोड ४८ लाखमाथि पुग्यो
मङ्गलबार, ०९ कात्तिक २०७८, १९ : ००
पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो प्रयोग मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या मात्र पछिल्लो समय १ करोड ४८ लाख ७२ हजार ६३४ जना पुगेको छ ।
यस्तै, इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या १२ लाख १० हजार ४३७, एटिएम कार्ड (डेबिट कार्ड) तथा क्रेडिट कार्डको प्रयोगकर्ताहरूको सङ्ख्या क्रमशः ९५ लाख ७० हजार ७९७ र २ लाख ४८२ जना पुगेको राष्ट्र बैंकले जनाएको छ । यो तथ्याङ्क गत भाद्र मसान्तसम्मको हो ।
योसँग पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य साधनहरू पीएसओ, पीएसपी, फन्ड ट्रान्सफर तथा मनी ट्रान्सफर ई–सेवा, पे, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको प्रयोगकर्ताहरूको सङ्ख्या समेत उल्लेखनीय मात्रमा वृद्धि भएको बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलमानले माफी मागे विचार गर्न सकिन्छ : बिश्नोई समाज
-
तनहुँ जलविद्युत् आयोजनाको ५५ प्रतिशत प्रगति
-
कामकाजी भाषा ऐनको कार्यान्वयनमा दबाब : प्रदेशसभा सदस्य महर्जनद्वारा नेपाल भाषामा मन्तव्य
-
बाबर आजमले तोडे विराट कोहलीको कीर्तिमान
-
कुल गार्हस्थ्य उत्पादन १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्याउने १६ औँ योजनाको लक्ष्य
-
भरानले युनाइटेड छाड्ने