मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या १ करोड ४८ लाखमाथि पुग्यो
मङ्गलबार, ०९ कात्तिक २०७८, १९ : ००
पछिल्लो समय बैंकिङ तथा भुक्तानीको क्षेत्रमा विद्युतीय प्रणालीको प्रयोगमा तीव्रता आएको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार यस्तो प्रयोग मोबाइल बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या मात्र पछिल्लो समय १ करोड ४८ लाख ७२ हजार ६३४ जना पुगेको छ ।
यस्तै, इन्टरनेट बैंकिङ सेवा लिने ग्राहकहरूको सङ्ख्या १२ लाख १० हजार ४३७, एटिएम कार्ड (डेबिट कार्ड) तथा क्रेडिट कार्डको प्रयोगकर्ताहरूको सङ्ख्या क्रमशः ९५ लाख ७० हजार ७९७ र २ लाख ४८२ जना पुगेको राष्ट्र बैंकले जनाएको छ । यो तथ्याङ्क गत भाद्र मसान्तसम्मको हो ।
योसँग पछिल्लो समय विद्युतीय भुक्तानीका अन्य साधनहरू पीएसओ, पीएसपी, फन्ड ट्रान्सफर तथा मनी ट्रान्सफर ई–सेवा, पे, वालेटजस्ता विद्युतीय भुक्तानीका साधनको प्रयोगकर्ताहरूको सङ्ख्या समेत उल्लेखनीय मात्रमा वृद्धि भएको बैंकले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा कांग्रेस संसदीय दलको बैठक सुरु, के विषयमा हुँदै छ छलफल ?
-
वीपीको चिन्तन गर्न सक्ने पार्टी निर्माण आवश्यक छ : कुन्दनराज काफ्ले
-
बीपी र पुष्पलालको वैचारिक दृष्टिकोणलाई समकालीन यथार्थसँग जोडेर नयाँ राजनीतिक बहस चलाउनु पर्छ: प्रलोपा
-
सुकुमबासीसँग घरजग्गा, सेयर, सवारी साधन र हिरा–जवाहरात खोजिँदै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण