गृहयुद्ध रोक्न सत्ता कब्जा गर्यौं, प्रधानमन्त्री मेरै घरमा छन् : सुडानी सेनाप्रमुख
सुडानका सेनाप्रमुख जनरल अब्देल फताह अल बुर्हानले सत्ता कब्जा गर्ने कदमको बचाउ गरेका छन् । उनले गृहयुद्ध रोक्नका लागि सरकारलाई अपदस्थ गरिएको बताए । अपदस्थ प्रधानमन्त्री अब्दल्ला हाम्दोकलाई आफ्नै घरमा राखेको पनि बुर्हानले बताए ।
‘प्रधानमन्त्री उनकै घरमा थिए । यद्यपी, हामीलाई उनी खतरामा छन् भन्ने लाग्यो । त्यसपछि मैले मेरै घरमा ल्याएर राखेको छु ,’ उनले भने । यता, सेनाले सत्ता कब्जा गरेलगत्तै प्रदर्शनकारीहरुले सडक तताएका छन् । यसक्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच ठूलो मुडभेड भएको छ ।
‘सुरक्षाकर्मीविरुद्ध आक्रामक बनिरहेका नेताहरुलाई पन्छाउनुबाहेक अर्को विकल्प सेनासँग थिएन,’ सत्ता हातमा लिएयता पहिलोपटक पत्रकार सम्मेलनमा बोल्दै जनरल बुर्हानले भने,‘ गत साता हामीले देखेको खतराले हाम्रो देशलाई गृहयुद्धतर्फ धकेल्न सक्थ्यों । यसलाई रोक्नकै लागि सेनाले यो कदम चाल्यो ।’
सेनाले सोमबार सत्ता कब्जा गरेसँगै सुडानको संक्रमणकालिन प्रजातन्त्रको घाँटी पनि निमोठिएको छ । दुई वर्षअघि जनआन्दोलनको दबाब थेग्न नसक्दा सैन्य शासक ओमर अल बसिरले राजिनामा गरेका थिए । त्यतिबेला सेनाले नै साथ छाडेपछि बसिरको राजिनामा आएको थियो । बसिरको ३ दशक लामो राज समाप्त भएसँगै सुडानमा सेनासहितको सहमतिमा संक्रमणकालिन प्रजातान्त्रिक सरकार बनेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण