पूर्व इन्सपेक्टर ठगी आरोपमा पक्राउ
बुधबार, १० कात्तिक २०७८, १२ : १५
ठगी गरेको आरोपमा पूर्व इन्स्पेक्टरलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीका पूर्व इन्सपेक्टर खिलबहादुर केसीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश बस्नेतले रातोपाटीलाई बताए ।
आफुले तिर्नुपर्ने रकम पैसा नभएको खाताको चेक दिएर उनले ठगेको आरोप छ ।
पुतलीसडकस्थित रेमण्ड शपका सञ्चालक सञ्जय अधिकारीसहित ५ जनाले उनीविरुद्ध बैंकिङ कसुरको उजुर गरेका छन् । प्रारम्भिक अनुसन्धानबाट केसीले ५ करोडभन्दा बढी ठगेको देखिएको एसपी बस्नेतले बताएका छन् । सञ्जय अधिकारीलाई मात्र केसीले ४ करोड रकम तिर्नुपर्ने देखिएको छ । बानेश्वरबाट पक्राउ गरेर उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण