तालिबानहरुसँगको भेटवार्ता लाभदायक : चिनियाँ विदेशमन्त्री
चिनियाँ विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग भएको भेटवार्ता सकारात्मक रहेको बताएका छन् । अफगानिस्तानको अन्तरिम सरकारका अधिकारीहरुसँग उनले भेटवार्ता गरेका थिए । सो भेटले आपसी विश्वासमा बृद्धि भएको जानकारी विदेशमन्त्री वाङ यीले गराएका छन् ।
विदेशमन्त्री वाङ यीले अफगानिस्तानको अन्तरिम सरकारका उपप्रधानमन्त्रीसँग कतारको राजधानी दोहामा भेटवार्ता गरेका थिए । उनले मंगलबार भएको भेटमा द्धिपक्षीय भेटका क्रममा आपसी विश्वमा बृद्धि गर्नुका साथै कतिपय विषयहरुमा स्पष्ट रुपमा छलफल भएको थियो । सो भेटका क्रममा अफगानिस्तानको पछिल्लो अवस्थाका बारेमा कुराकानी भएको बताइएको छ । सो भेटका क्रममा तालिबानहरुले आफ्नो सरकारको नीतिका बारेमा विदेशमन्त्री वाङ यीलाई जानकारी दिएका थिए ।
अफगानिस्तानको अन्तरिम सरकारका विदेशमन्त्री अमिर खान मुतागीले अफगानिस्तानको तालिबान सरकारले देशभित्र आतंककारी गतिविधिमा निगरानी राख्ने र मानवअधिकारका पक्षमा काम गर्ने बताएका थिए । हाल अफगानिस्तानको सरकार महिला अधिकारका विपक्षमा रहेको भन्दै यसका लागि विश्व समुदायले पनि चासो राखिरहेको छ ।
यस विषयमा पनि अफगानिस्तानका विदेशमन्त्रीले स्पष्ट गरेका थिए । उनले हाल अफगानिस्तानले महिला अधिकार, बालअधिकारका साथै बालबालिकाको अवस्थाका बारेमा पनि निकै चनाखो भएर काम गरेको बताएका थिए । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
-
रिहापछि पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिए विष्णु पौडेल
-
धनगढीबाट डा. गोविन्द केसीले थाले अनसन
-
आस्थालाई अभ्यासमा बदल्न नसक्दा कांग्रेस पछि पर्याे, राजनीतिमा कोही पनि निर्विकल्प छैन : प्राध्यापक खनाल
-
संविधान बचाउन कठिन छ : वरिष्ठ अधिवक्ता भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण