एकतावद्ध हुन मुख्यमन्त्री शाक्यको आह्वान
बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले एकतावद्ध भएर अघि बढ्नु नै आफ्नो पहिलो प्राथमिकता भएको बताएकी छन् । उनले यसका लागि सबैले उत्तिकै पहल गर्नुपर्ने भन्दै सबैलाई एकतावद्ध हुन आव्हानसमेत गरिन् ।
प्रदेशसभा बैठकमा आफूले पेस गरेको विश्वासको मतमाथि भएको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले लोकतान्त्रिक अधिकारका लागि आफूले लामो समयदेखि संघर्ष गर्दै आएको बताइन् । संसदको गरिमा बचाउन संघीय लोकतान्त्रिक गणतन्त्र र संघीयता आवश्यक भएको उनको भनाइ छ । दुःख, कष्टका हिजोका दिन अहिले आफैलाई दन्त्य कथाजस्तो लाग्ने गरेको उल्लेख गर्दै उनले त्यो दुःख, त्याग खेर नजाओस् भन्ने कामना पनि गरिन् ।
उनले भनिन्, ‘हामी सामान्य नागरिक होइनौं, सार्वभौम नेपाली नागरिक हौं ।’ हाम्रै पालामा यत्रो राजनीतिक परिवर्तन भएको, प्रदेशसभाको नयाँ अनुभव गरिरहेको र समाजवाद उन्मुख संविधान आएको उनले बताइन् । तर यही बेलामा कतै बाटो बिराउने त होइन भन्ने डर पनि लाग्न थालेको उनले बताइन् । यो परिवर्तनमा हामी सबैको महत्त्वपूर्ण योगदान रहेको भन्दै उनले यसलाई जोगाउनका लागि पनि सबै मिल्न जरुरी रहेको औंल्याइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
