अमेरिकाका ६ लाख घरमा विद्युत सेवा अवरुद्ध
बुधबार, १० कात्तिक २०७८, २१ : २९
अमेरिकाका ६ लाखभन्दा बढी घरमा विद्युत सेवा अवरुद्ध भएको छ । देशको उत्तरपूर्वी क्षेत्रमा पर्ने विभिन्न राज्यमा आँधीका कारण विद्युत सेवा अवरुद्ध भएको हो । आँधीले विद्युत सेवा प्रवाह गर्ने सञ्जालमा क्षति पुर्याएकाले विद्युत सेवा अवरुद्ध भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
उनीहरुका अनुसार सबैभन्दा धेरै म्यासेचुसेट्स राज्यका मात्रै चार लाख ६६ हजारभन्दा बढी घरमा अन्धकार छाएको छ । राष्ट्रिय मौसम सेवाले मौसम अझै खतरापूर्ण रहेको चेतावनी दिएको छ । मौसम विभागका अधिकारीहरुले थप सतर्कता अपनाउन सरोकारवाला सवैलाई अनुरोध गरेको छ ।
उनीहरुले घर बाहिर ननिस्कन, यात्रा नगर्न, सुरक्षित अवस्थामा रहन र सुरक्षाका सवै उपाय अपनाउन पनि सबैलाई अपिल गरेका छन् । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण