ललितपुरमा साथीको हत्यापछि फरार युवक पक्राउ
ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । २०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।
मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर हत्यागरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । फरार मध्येका मकवानपुरगढी गाउँपालिका–१ फुलबारी घर भएका जय सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो । महाशाखाले अभियुक्तलाई कानुनी कारबाहीका लागि ललितपुर परिसरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजको प्रमुख समाचार
-
रामेछापमा राहदानी वितरण सेवा ३ दिनका लागि बन्द
-
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने
-
सुदूरपश्चिमका मुख्यमन्त्रीले बोलाएको कांग्रेस संसदीय दलको बैठकमा दुई मन्त्री अनुपस्थित
-
सुन सफा गर्ने बहानामा ठगी गर्ने दुई भारतीय नागरिक उदयपुरबाट पक्राउ
-
के आधारमा पूर्वमन्त्री बस्नेतले भ्रष्टाचार मुद्दामा सफाइ पाए ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण