ललितपुरमा साथीको हत्यापछि फरार युवक पक्राउ
ललितपुरको बालकुमारीमा साथीको हत्या गरेर भागेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । २०७६ साउनमा उदयपुर घर भएका हरि खड्काको हत्यामा संलग्न २४ वर्षीय जय सिंगारलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले रातोपाटीलाई बताए । २०७८ साउन २८ मा ललितपुर महानगरपालिका वडा नम्बर–९ स्थित गुह्ये पोखरीमा उदयपुरको कटारी नगरपालिका–२ गरास घर भई बालकुमारीमा डेरामा बस्ने खड्काको शव फेला परेको थियो ।
मूर्तिको काम गर्ने ३३ वर्षीय खड्कालाई साउन २५ मा जय सिंगार सहितको समूहले कुटेर हत्यागरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । मकवानपुर गढी गाउँपालिका–१ घर भई ललितपुर महानगरपालिका–९ बस्ने कुमार थिङ भन्ने मान कुमार थिङ सहित ५ जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । फरार मध्येका मकवानपुरगढी गाउँपालिका–१ फुलबारी घर भएका जय सिंगारलाई कार्तिक १० मा अपराध महाशाखाको टोलीले च्यासलबाट पक्राउ गरेको हो । महाशाखाले अभियुक्तलाई कानुनी कारबाहीका लागि ललितपुर परिसरमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एप्पलले घटायो आइफोनको मूल्य
-
छत्तीसगढमा पिकअप गाडी पल्टिँदा १८ जनाको मृत्यु
-
नेतान्याहु र हमासका शीर्ष नेताको नाममा पक्राउ पुर्जी जारी गर्न माग
-
तस्बिरमा हेर्नुहोस् पाटन क्षेत्रमा पूर्वराजाको धार्मिक यात्रा
-
कुर्सी मोहका कारण मुलुक कमजोर अवस्थामा पुग्यो : विप्लव
-
ओमान पुर्याएर मानव बेचबिखन गरेको आरोपमा एक जना पक्राउ