पीडित किसानलाई ५ अर्ब रुपैयाँ राहत दिने सरकारको निर्णय
बाढीबाट धानबालीमा क्षति भएका किसानलाई सरकारले राहत दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । १० कट्ठासम्म जमिन भएका साना किसानलाई उत्पादन लागतको हिसाबमा राहत दिने सरकारले निर्णय गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । साना किसानलाई प्रतिकठ्ठा एकहजार ९२१ रुपैयाँ र प्रतिविघा ३८ हजार ४२० रुपियाँ राहत दिने निर्णय भएको छ ।
११ कठ्ठादेखि ४० कठ्ठासम्म भएका मझौला किसानलाई उत्पादन लागतको हिसाबले ३० प्रतिशत राहतको व्यवस्था गर्ने मन्त्रिपरिषद बैठकले निर्णय गरेको छ । ती किसानलाई प्रतिकठ्ठा ८८७ र प्रतिविघा १७ हजार ७४० रुपैयाँसम्म राहत स्वरुप नगद दिने निर्णय बैठकले गरेको हो ।
४० कठ्ठाभन्दा बढी जमिन हुने किसानलाई प्रतिकठ्ठा ५९१ रुपैयाँ तथा प्रतिविघा ११ हजार ८२० रुपैयाँका दरले राहत उपलव्ध गराउने निर्णय बैठकले गरेको छ । ठूला किसानका साथै सबै वर्गका किसानलाई भने उत्पादन लागतको २० प्रतिशतका दरले राहत उपलब्ध गराउने निर्णय भएको छ । कृषि मन्त्रालयकाअनुसार सबै वर्गका किसानलाई उत्पादन लागतको २० प्रतिशत दिने निर्णय गरिएको छ ।
सरकारले एक लाख ११ हजार हेक्टरका लागि पाँच अर्ब ५२ करोड रुपैयाँ राहत वितरण गर्ने भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण