सुनको भाउ ९२ हजारमा झर्यो, चाँदीको कति ?
शुक्रबार, १२ कात्तिक २०७८, १० : ५८
शुक्रबार नेपाली बजारमा सुनको भाउ ९२ हजार रुपैयाँमा झरेको छ । गत बिहीबार बजारमा छापावाला सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा शुक्रबार ४०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँ झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
त्यसो त अघिल्लो बुधबार पनि सुनको भाउ ९२ हजार रुपैयाँमा नै कारोबार भएको थियो । यस्तै, आज यता तेजाबी सुनको मूल्य पनि तोलामा ४०० रुपैयाँले नै घट्दै ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यता चाँदीको मूल्य भने गत बिहीबारको मूल्यमा तोलामा ५ रुपैयाँले घट्दै आज एक हजार २४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सभामुखले बोलाएको प्रमुख सचेतकहरूको बैठक निष्कर्षविहीन
-
केन्द्रीय चलचित्र जाँच समिति सदस्यमा गिरी नियुक्त
-
३८ वटा बोरामा प्याक गरी लुकाई छिपाई राखेको गाँजा बरामद
-
सुनकोशी मरिण डाइभर्सनको काम द्रुत गतिमा
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
बजेटमा सरकारले लिएको नीतिले निजी क्षेत्रलाई हाइड्रोपावरबाट पन्छ्याउन खोज्यो : इप्पान