सुडानमा मुडभेडका क्रममा कम्तिमा १ जनाको मृत्यु
सैन्य कू को विरोधमा प्रदर्शन उत्रिएकाहरुमाथि सुरक्षा बलले गोली चलाउँदा सुडानमा अहिले भयावह स्थिति निम्तिएको छ । बिहीबार राजधानी खार्तुममा लगातार चौथो दिन प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुडभेड भयो । यसक्रममा कम्तिमा एकजना प्रदर्शनकारी मारिएका छन् ।
अमेरिका र संयुक्त राष्ट्रसंघले सैन्य शासकमाथि निरन्तर दबाब दिइरहेका छन् । सोमबार अपदस्थ गरिएको प्रजातान्त्रिक सरकारलाई पुनःस्थापना गर्नुपर्ने दबाब उनीहरुले दिएका हुन् । संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै बिना शर्त वार्तामा बस्नका लागि सबै पक्षलाई आग्रह गरेको छ ।
सर्वसम्मत रुपमा पारित भएको यस विज्ञप्तिमा गरिबीले आक्रान्त अफ्रिकी मुलुकमा सेनाले सत्ता कब्जा गरेको विषयलाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ । यता, अमेरिकी राष्ट्रपति जोड बाइडेनले आफ्नो देशको समर्थन प्रदर्शनकारीहरूलाई रहेको बताएका छन् । जनरल अब्देल फतेह अल बुर्हानले सोमबार प्रधानमन्त्री अब्दुल्ला हम्दकलाई नजरबन्द गर्ने सैनिक शासन लागू भएको घोषणा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिहानदेखि साँझसम्मै
-
मेस्सी उत्कृष्ट खेलाडी घोषित
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण