बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सुडानमा मुडभेडका क्रममा कम्तिमा १ जनाको मृत्यु

शुक्रबार, १२ कात्तिक २०७८, १२ : ३४
शुक्रबार, १२ कात्तिक २०७८

सैन्य कू को विरोधमा प्रदर्शन उत्रिएकाहरुमाथि सुरक्षा बलले गोली चलाउँदा सुडानमा अहिले भयावह स्थिति निम्तिएको छ । बिहीबार राजधानी खार्तुममा लगातार चौथो दिन प्रदर्शनकारी र सुरक्षाकर्मीबीच मुडभेड भयो । यसक्रममा कम्तिमा एकजना प्रदर्शनकारी मारिएका छन् । 

अमेरिका र संयुक्त राष्ट्रसंघले सैन्य शासकमाथि निरन्तर दबाब दिइरहेका छन् । सोमबार अपदस्थ गरिएको प्रजातान्त्रिक सरकारलाई पुनःस्थापना गर्नुपर्ने दबाब उनीहरुले दिएका हुन् ।  संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्ले विज्ञप्ति जारी गर्दै बिना शर्त वार्तामा बस्नका लागि सबै पक्षलाई आग्रह गरेको छ ।

सर्वसम्मत रुपमा पारित भएको यस विज्ञप्तिमा गरिबीले आक्रान्त अफ्रिकी मुलुकमा सेनाले सत्ता कब्जा गरेको विषयलाई गम्भीर रुपमा लिइनुपर्ने उल्लेख छ । यता, अमेरिकी राष्ट्रपति जोड बाइडेनले आफ्नो देशको समर्थन प्रदर्शनकारीहरूलाई रहेको बताएका छन् ।  जनरल अब्देल फतेह अल बुर्हानले सोमबार प्रधानमन्त्री अब्दुल्ला हम्दकलाई नजरबन्द गर्ने सैनिक शासन लागू भएको घोषणा गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप