पुरुषमा हुने स्तन क्यान्सरका लक्षणहरु
अत्यधिक मोटोपन र मादक पदार्थको सेवनका साथै धुम्रपानले मानिसको जीवनशैलीलाई खराब बनाउँछ । यो बानीले कम उमेरमा नै क्यान्सरको सिकार भइन्छ । पछिल्लो समय पुरुषमा हुने स्तन क्यान्सरको समस्या बढ्न थालेको छ । र, स्तन क्यान्सर हुने पुरुषको संख्या पनि बढ्न थालेको छ ।
पुरुषमा स्तन क्यान्सर महिलाको तुलनामा कम हुन्छ । हरेक वर्ष स्तन क्यान्सर भएका पुरुषको संख्या बढ्दै गइरहेको पाइन्छ । पुरुष स्तन तन्तुमा क्यान्सर सेल बनेपछि पुरुषमा स्तन क्यान्सरको समस्या देखिन्छ । करिब १० वर्ष पहिले क्यान्सरको समस्या केवल ५० देखि ७० वर्षका पुरुषलाई हुने गर्दथ्यो तर अहिले ४० देखि ५० वर्षमा पनि यसको सिकार भएका छन् ।
भारतको मंगलुरुको केएमसी अस्पतालका डाक्टर हरीष ईका अनुसार भारतमा अघिल्लो वर्षको तुलनामा यो वर्ष पुरुषमा स्तन क्यान्सरको समस्या बढी देखिन थालेको छ ।
लक्षण
पुरुष स्तन क्यान्सरमा सुरुमा गाँठागुठी देखिन्छ । त्यसपछि कम्मर दुख्ने, जन्डिस हुने, सास फेर्न गाह्रो हुने जस्ता समस्या देखिन्छ । पुरुषमा स्तन क्यान्सर वंशानुगत कारणले पनि हुने गर्छ । यसका साथै गाइनेकोम्यास्टियाबाट पीडितहरुलाई पनि स्तन क्यान्सरको सम्भावना बढी हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण