नोट छपाईका लागि राष्ट्र बैंकले छान्यो १० विदेशी कम्पनी
नेपाल राष्ट्र बैंकले बैंकिङ नोट छपाइका लागि १० विदेशी कम्पनीहरु छनोट गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै बैंकले यसअघि गत २२ जुलाई २०२१ मा गरिएको सार्वजनिक खरिद बोल कबोलमार्फत १० विदेशी कम्पनीहरु छनोटमा परेको जनाएको हो ।
राष्ट्र बैंकका अनुसार पहिलो नम्बरमा ब्राजिलको कासा डी मोइडा डो ब्राजिल, चिनियाँ बैंकनोट प्रिन्टिङ एण्ड मेटेनिङ कर्पोरेशन, चाइना, क्रेन एबी स्वीडेन, डी ला रुई इन्टरनेशनल लिमिटेड लन्डन, गिसेक्ट प्लस डिभे्रन्ट करेन्सी टेक्नोलोजी जीएमबीएच, जर्मनी छनोटमा परेको बैंकले जनाएको छ ।
यस्तै, ज्वाइन्ट स्टक कम्पनी गोजांक, रसिया, कोरियन मेन्टेनिङ सेक्युरिटी प्रिन्टिङ एण्ड आईडी कार्ड अपरेटिङ कर्प कोरिया, ओवरथर फिडम्युकेयर एसएएस फ्रान्स, ओरेल फुसी सेक्युरिटी प्रिन्टिङ स्वीजरल्याण्ड र सेक्युरिटी प्रिन्टिङ एण्ड मेन्टेनिङ कर्पोरेशन अफ इन्डिया लिमिटेड, इन्डिया समेत छनोटमा परेको राष्ट्र बैंकले जनाएको छ ।
बैंकले यसअघि नेपाली रुपैयाँ बैंक नोट डिजाइन, छपाई तथा वितरणका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको थियो । सोही बोलकबोलमार्फत परेका आवेदनहरु मध्येबाट बैंकले प्राथमिक चरणमा १० कम्पनीलाई छनोट गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण